नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १७४ पुगेको छ।
सोमबार १ हजार कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १६ हजार ६०६ सक्रिय संक्रमित रहेका छन्।
गत चौबीस घन्टामा ५ हजार ८९३ पीसीआर तथा ४ हजार ९८१ एन्टिजेन परीक्षण भएको छ।