आइतबार , बैसाख ७, २०८२

इटालीको मिलानमा एक निजी विमान भवनमा ठोक्किएर भएको दुर्घटनामा ८ जनाको ज्यान गएको छ । इटालीको उत्तरी शहर मिलानमा रहेको खाली कार्यालय भवनमा विमान ठोक्किएको हो ।

दुर्घटनामा विमानमा रहेका सबै ८ जनाको ज्यान गएको इटालीका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मिलानको लिनाते विमानस्थलबाट सार्दिनिया आइल्याण्डका लागि उडान भरेको विमान दुर्घटनामा परेको हो । विमानका पाइलट रोमानियाका अर्बपति ६८ वर्षका ड्यान पिट्रेस्कु थिए ।

दुर्घटनामा उनीसहित उनर्की श्रीमती र छोराको पनि ज्यान गएको इटालियन सञ्चारमाध्यमले उल्लेख गरेका छन् । विमान ठोक्किएपछि भवन तथा तल रहेका कारमा आगलागी भएको थियो ।

जमिनमा रहेका कोही पनि घाइते भएका छैनन् । दुर्घटनाको कारणबारे थाहा पाउन अनुसन्धान सुरु भएको छ।इटालीमा विमान भवनमा ठोक्किएर दुर्घटना, ८ जनाको मृत्यु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP