मंगलबार , बैसाख २९, २०८३

माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज दोस्रो श्रील्रकासँग खेल्दै छ। ​

मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपाल र श्रीलंकाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ। नेपाल श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ।

नेपाली टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले श्रीलंकाविरुद्ध तीन अंकको लागि खेल्ने बताएका छन्।​ ‘श्रीलंकाविरुद्ध हामीले तीन अंकका लागि खेल्नेछौ। माल्दिभ्सविरुद्धको खेल अघि पनि भनेको थिए हामी गोर्खाली हौँ । हामीले ९० मिनेटसम्मै जितका लागि फाईट गर्नेछौ,’ कप्तान किरणले भनेका छन्। ‘ तर, बलियो टिम श्रीलंकाविरुद्ध नेपाललाई जित निकाल्न सहज भने हुनेछैन। श्रीलंकाविरुद्धको खेल चुनौतीपूर्ण हुनेछ। सजिलो हुनेछैन।’

‘हामीले श्रीलंकाविरुद्ध कम्तिमा एक अंक बटुल्ने अपेक्षा लिएका छौ,’ मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने, ‘मलाई थाहा छ श्रीलंकाका खेलाडीहरु ट्याकलमा आक्रामक छन्। तर, उनीहरुको आक्रामक खेलको फाइदा उठाउने छौ।’

नेपालले पहिलो खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको थियो। नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरेका थिए। नेपाल तीन अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ।

श्रीलंका पनि भने पहिलो जित निकाल्ने योजनामा रहेको छ। श्रीलंका पहिलो खेलमा बंगलादेशसँग १-० ले पराजित भएको थियो। आजै हुने पहिलो खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। भारत र बंगलादेशबीचको खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP