मंगलबार , बैसाख २३, २०८२

रोयल्स च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा बैंगलोरले पन्जाब किङ्सलाई ६ रनले हराउँदै प्लेअफमा स्थान बनाउने तेस्रो टिम बनेको हो ।

सारझाँ क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १६५ रनको लक्ष्य पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५८ रन बनायो ।

पन्जाबका लागि मयंक अग्रवालले ५७ रनको अर्धशतकीय पारी खेले । ४२ बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे । त्यस्तै कप्तान केएल राहुलले ३९ रनको योगदान गरे । पन्जाबका लागि एडेन मार्करनले २० रन बनाउँदा साहरुख खानले १६ रन बनाए । बलिङतर्फ बैंगलोरका लागि युजभेन्द्र चहालले सर्वाधिक ३ विकेट लिए । त्यस्तै गोर्जे ग्रेटोन र साहबाज अहमेदले समान एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धातिर २० ओभरमा ७ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

बैंगलोरका लागि ग्लेन म्याक्सवेलले ५७ रनको अर्धशतकीय पारी खेले । ३३ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै देभदत्त पाडिकलले ४० रनको योगदान गर्दा कप्तान विराट कोहली २५ तथा एभी डिभिलियर्सले २३ रन बनाए ।

बलिङतर्फ पन्जाबका लागि मोहमद श्वामी र मोइस हेनरीक्यूले समान तीन–तीन विकेट लिए ।

आजको खेलमा जित निकाल्दै दुवै बैंगलोरले १२ खेलबाट १६ अंक जोडेर तेस्रो स्थानमा आफूलाई उभ्याएको छ । बैंगलोर प्लेअफमा पुगेको छ ।

यता पन्जाब भने समूह चरणबाट नै बाहिरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु