आइतबार , बैसाख ७, २०८२

पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानको जारी सिजनमा पहिलो पटक पराजित भएको छ । लियोनल मेसीको पीएसजी आज रेनेससँग २–० ले हारेको हो ।

घरेलु टोली रेनेसले ४५औं मिनेटमा गाइटन लाबोर्डेको गोलबाट अग्रता लिएको थियो । लाबोर्डेको पासमा फ्लाभियन टैटले ४६औँ मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर बनाए । त्यही दुई गोल पीएसजीलाई हराउन रेनेसका लागि पर्याप्त बन्यो ।६८औँ मिनेटमा काइलियन एमबाप्पेले गोल फर्काएका थिए । तर, भिडियो सहायक रेफ्री (भीएआर) ले एमबाप्पेको गोललाई अफसाइड घोषित गरिदिएपछि पीएसजीले पुनरागमन गर्न सकेन ।

हारका बाबजुद ९ खेलबाट २४ अंक जोडेको पीएसजी शीर्ष स्थानमा यथावत छ । जुन दोस्रो स्थानको लेन्सभन्दा ६ अंकले अगाडि हो । समान खेलबाट १२ अंक जोडेको रेनेस सातौँ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP