बुधबार , बैसाख २४, २०८२

सोलुखुम्बुको तेन्जिङहिलारी विमास्थलमा भएको दुर्घटनामा ज्यान गुमाउने र घाइतेको पहिचान भएको छ । आइतबार बिहान ९ बजेर २० मिनेटमा समिट एयरको विमान मनाङ एयरलाइन्सको हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको थियाे।

दुर्घटनामा ज्यान गुमाउनेमा समिट एयरलाइन्सका को-पाइलट काठमाडौको चावहिलका ३४ वर्षिय सुजित ढुङगाना, पर्यटन प्रहरी कार्यालय लुक्लामा कार्यरत दोलखाका ३९ वर्षीय प्रहरी सहायक निरीक्षक राम बहादुर खड्का र भोजपुर घर भएका प्रहरी सहायक निरीक्षक ४२ वर्षिय रुद्र श्रेष्ठ रहेकाे प्रहरीले जनाएकाे छ ।

घाइते हुनेमा समिट एयरलाइन्सका पाइलट काठमाण्डाैका रविनाथ रोकाया र मनाङ एयरलाइन्सको हेलिकप्टरका चालक ललितपुर भैँसेपाटीका ४८ वर्षिय चेब बहादुर गुरुङ रहेकाे खुल्न आएको छ । त्यस्तै मनाङ एयरलाइन्स लुक्लाका स्टेशन म्यानेजर खुम्बु पासाङल्हामु गाउँपालिका २ का ४३ वर्षीय लाक्पा छिरिङ शेर्पा र मनाङ एयरलाइन्सकै कर्मचारी खुम्बु पासाङल्हामु गाउँपालिका २ का ५५ वर्षीय स्याङबुचे कार्की रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुमध्ये रोकाय र गुरुङको अवस्था गम्भीर छ भने शेर्पा र कार्कीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको काठमाण्डाैको ग्राण्डी अस्पतालमा उपचार भइरहेको सोलुखुम्बुका प्रहरी प्रमुख शालिग्राम शर्माले जानकारी दिनुभयो ।

बिहान पर्यटक लिन रामेछापको मन्थली विमानस्थल जान उड्न लागेकाे विमान करिब २ सय मिटर पर पुगेर धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका स्टेशन इन्चार्ज इमानाथ अधिकारीले जानकारी दिनुभयो । विमानमा चालक र सहचालक तथा एक जना एयरहोस्टेस रहेको अधिकारीले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP