आइतबार , बैसाख ७, २०८२

अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिद बाहिर विष्फोट भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार विष्फोटमा परी केही मानिसको मृत्यु भएको आशंका गरिएको छ ।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीटरमा काबुलको इदगाह मस्जिदको प्रवेशद्वारमा उक्त विष्फोट भएको बताएका छन् । समाचारमा जनाइएअनुसार मस्जिदभित्र जबिहुल्लाह मुजाहिदकी आमाको फातिहा पढिरहेको समयमा उक्त विष्फोट भएको हो ।अहिलेसम्म यो आक्रमणको जिम्मेवारी कसैले लिएको छैन । यद्यपि तालिबान सत्तामा आएपछि इस्लामिक स्टेट (आईएस)ले तालिबानमाथिको आक्रमण बढाएको छ । यससँगै आगामी दिनमा अफगानिस्तानमा तालिबान र आईएसबीचको संघर्ष बढ्न सक्ने आशंका बढेको छ ।

तालिबानले यसअघि नै आगामी दिनमा आईएस आफ्नो लागि समस्या बन्न सक्ने बताइसकेको छ । अफगानिस्तानको नान्गरहार प्रान्तमा आईएसको पकड बलियो छ । यसअघि आईएसले नान्गरहारको राजधानी शहर जलालबादमा पनि आक्रमण गरेको थियो । यद्यपि उसले काबुलमा भने आक्रमण गरेको थिएन ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP