मंगलबार , बैसाख २९, २०८३

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल नेपाली काँग्रेसको मतियार भएको आरोप लगाएका छन् । एमालेको मण्डनदेउपुर नगर वडा नम्बर १ को कार्यकर्ता भेलालाई नगरकोटमा सम्बोधन गर्दै नेता बास्कोटाले नेपाल र बामदेब गौतम पार्टीलाई समस्या पर्दा भाग्ने भगौडा भएको बताएका हुन् ।

माधव नेपालको नाम नै लिएर उनले नेता नेपाल पार्टी घाती र देशद्रोही भएको आरोप लगाए । नेता नेपालको कारणले काभ्रेमा बन्ने भनेको एयरपोर्ट समेत नबनेको उनको भनाई छ ।

वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पुससम्म पनि मन्त्रीपरिषद् विस्तार गर्न नसक्ने भन्दै बास्कोटाले केपी ओली सरकारले जम्मा पारेको पैसा सक्ने मेलो मात्र सरकारले गरेको बताए ।

आगामी सबै निर्वाचनमा फुटेर गएको एस पार्टीलाई जिरो बनाउने गरि लाग्न उनले एमालेका कार्यकर्ता तथा नेतालाई निर्देशन दिए ।

कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाकी उपप्रमुख निर्मला शाही, एमाले नेता विदुर सापकोटा, रुद्र तामाङ्गलगायतले पार्टीको काममा सबै जना एक ढिक्का भएर लाग्नु पर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP