शुक्रबार , भाद्र १२, २०८३

साबिक विजेता एथ्लेटिको म्याड्रिडले बार्सिलोनालाई हराउँदै शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग अंक बराबरी गरेको छ । शनिबार राति भएको खेलमा एथ्लेटिको* २–० गोलले विजयी भएको हो ।

खेलको २३ औँ मिनेटमा लुइस सुवारेजको पासमा थोमस लेमारले एथ्लेटिकोलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यमा सुवारेजले अर्को गोल थप्दै एथ्लेटकोको जीत सुनिश्चित गरे । दोस्रो हाफमा कुनै गोल हुन सकेन ।

स्पेनिस ला लिगामा बार्सिलोनाको यो सिजन पहिलो हार थियो । तर, धेरै खेलमा बराबरीमा रोकिएका कारण बार्सिलोना मात्र १२ अंकसहित लिगको नवाैँ स्थानमा सिमित बनेको छ । शनिबारको खेलअघि बार्सिलोनाले लिगमा ३ खेलमा जीत र ३ बराबरी गरेको थियो । च्याम्पियन्स लिगमा लगातार हार व्यहोरेको बार्सिलोनाका म्यानेजर रोनाल्ड कुमनको जागिर धरापमा परेको छ ।

शनिबार नै भएका अन्य खेलमा ओसासुनाले रायो भायोकानो र मायोर्काले लेभान्तेलाई समान १–० गोलअन्तरले हरायो । भ्यालेन्सियाले भने क्याडिजसँग गोलरहित बराबरी खेल्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP