
अस्ट्रेलियाको नर्दन टेरोट्री राज्य अन्तरगत डार्विन शहरमा रही नेपाली समुदाय संगै अस्ट्रेलियन समुदायमा पनि सक्रिय रही युवा बर्गको लागि उल्लेखनीय काम गर्ने एक नाम हो अन्जना पन्त बराल। निकै धेरै संघ सस्थामा आबद्ध भएर आफ्नो छुट्टै पहिचान बनाउन सफल अन्जनाले हालसालै एन आर एन ए अस्ट्रेलिया युथ एक्सिलेंस अवार्ड २०२१ हात पार्न सफल भएकी छिन्। एनआरएनए अस्ट्रेलिया ले आयोजना गरेको नेशनल एक्सिलेंस अवार्ड अन्तर्गत युथ एक्सिलेंस विधाको यो अवार्ड अन्जनाको पोल्टामा परेको हो।
लामो समय देखी बिभिन्न सस्थामा आफ्नो कार्य क्षमताले सबैलाइ प्रभावित पर्ने अन्जना २०१६ -२०१८ को लागि Nepalese Association of Northern Territory (NANT) मा पहिलो पटक महिला सचिव भइ आफ्नो कार्यकाल सम्पन्न गरेकी थियिन। यो यात्रा यहि रोकियन, 2016-18 मानै Multicultural council of NT (MCNT) को executive member, २०१९ मा Vice President of MCNT, 2019-20 executive board member of National Ethnic Disability Alliance (NEDA), २०१९ देखि लगातार Ministry advisory council Multicultural affairs को सल्लाहकार, Founder executive member of Aussie Meds foundation NT, 2020-2021 Executive member of Hindu society of NT, २०१९ देखि लगातार Member of business and professional women (BPW) Darwin, 2020 Member at COVID -19 relief executive team NT, २०२० Formation of NANT policy making team र 2020- 2021 NRNA Australia foundation team . यो सबै सस्थामा वहाको उल्लेखनीय योगदान रहेको छ।
बिभिन्न संघ सस्थामा आफ्नो कार्य कुशलताले सबैलाई प्रभावित पर्न सफल अन्जना पन्त बराल आहिले Metanoia Rays नामक अपाङ्गता भएकालाइ सेवा प्रदान गर्ने कम्पनी चलाउदै आइरहेकी छिन्। आफ्नो काम संगै समुदायको लागि पनि समय निकाल्ने उनी भन्छिन, हरेक मानिशले पाउने भनेको दिन-रात गरी त्यही २४ घण्टानै हो आफ्नो समयलाई कसरी प्रयोगमा ल्याउने भन्ने कुरा आफुमा भर पर्छ। म Time Manage मा बिस्वाश गर्ने मान्छे भएकोले पनि काम संगै समुदायको लागि समय म्यानेज गर्ने गर्छु।
एनआरएनए अस्ट्रेलियाले तपाइलाई युथ एक्सिलेंस अवार्ड प्रदान गर्ने निर्णय गर्दा तपाइलाई कस्तो लागेको थियो ? भन्ने प्रश्नमा उनि थप्छिन, काम गर्दै जाने हो सहि समय आए पछि समुदायले र संघ सस्थाले तपाइको कामको मुल्यांकन गर्ने हो। म निस्वार्थ भावले आफ्नो कर्म गर्दै गय, मैले गरेको काम बोल्यो, मलाई यो अवार्ड को लागि योग्य ठान्ने सबैलाइ धन्यबाद दिन चाहन्छु।
तपाइको यो सफलताको पछाडी कसको हात छ जस्तो लाग्छ ?

एनआरएनए अस्ट्रेलियाले प्रदान गर्दै आएको यो अवार्डको १५ विधा मध्य NT डार्विनबाट युथ एक्सिलेंस अवार्ड अन्जना पन्त बरालले र State Person Award 2021 को अवार्ड सुयना श्रेष्ठले पाएका थिए। सुयना श्रेष्ठ पनि लामो समय देखी समुदायको लागि काम गर्ने महिलामा पार्छिन। नेपाली कला सस्कृतिको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेकी उनि ब्यापारमा पनि उतिकै सक्रिय छिन्।
दुवै बिजेतालाइ पुराखबर परिवार हार्दिक बधाई दिन चाहन्छ।