शुक्रबार , भाद्र १२, २०८३

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई चार विकेटले पराजित गरेको छ।

युएईको शारजहाँमा दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि पहिलो ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२९ रन बनाएको थियो।

मुम्बईका सूर्यकुमार यादवले ३३, क्वीन्टिन डी ककले १९, हार्दिक पाण्ड्याले १७, सौरभ तिवारीले १५, कुर्णाल पाण्डेयले १३ र जयन्त यादवले ११ रन बनाएका थिए।

मुम्बईलाई सस्तैमा समेट्न दिल्लीका अवेष खान र अक्षर पटेलले तीन–तीन तथा रविचन्द्रन आश्वीन र एनरिच नर्ट्जेले एक–एक विकेट लिए।

१३० रनको सामान्य लक्ष्य लिएर जवाफी व्याटिङ थालेको दिल्लीले १९ ओभर १ बलमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। दिल्लीका लागि श्रेयस अय्यरले ३३, ऋषभ पन्तले २६, रवीचन्द्रन अश्विनले २० र शिमरोन हेटमायरले १५ रनको योगदान गरे।

मुम्बईका ट्रेन्ट बोल्ट, जयन्त यादव, कुर्णाल पाण्ड्या, जसप्रित बुमराह र नाथन कट्लर–निलले एक–एक विकेट लिए पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन्।

आजको जितसँगै १८ अंक जोडेको दिल्ली अंकतालिकाको दोस्रो स्थानमा छ। ११ खेलबाट समान १८ अंक जोडेको चेन्नई सुपर किङ्स नेट रनरेटका आधारमा पहिलो स्थानमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP