सोमबार , जेठ २७, २०८२

भारतले चीनसँग जोडिएको लद्दाखस्थित सीमा क्षेत्रमा शनिबार के ९ बज्र तोप तैनाथ गरेको छ । यसले सेल्फ–प्रोपेल्ड हाविल्जर तोपले ५० किलोमिटर दूरीसम्म निशाना साँध्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चीनसँग सीमा जोडिएका इलाकामा पूर्वाधार र विकास निर्माणलाई तिव्र बनाइएको भारतका सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेले बताएका छन् ।

चीनले सीमा क्षेत्रमा सैनिक संख्या बढाएपछि सम्भावित खतरालाई मध्यनजर गर्दै भारत पनि सेनाको संख्या बढाएको नरवाणेले बताएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार चीनले पूर्वी लद्दाख, उत्तरी कमाण्ड र पूर्वी कमाण्डमा पनि ठूलो संख्यामा सैनिक तैनाथ गरेको छ ।

चीन र भारतबीच लद्दाखमा लामो समयदेखि सीमा विवाद छ । विवाद समाधानका लागि अक्टोबरको दोस्रो साता १३ औं चरणको सैनिक स्तरीय वार्ता गर्ने तयारी पनि चलिरहेको छ । यता पाकिस्तानले फेरि एकपटक युद्धविराम तोडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो १० दिनमा पाकिस्तानले युद्धविराम उल्लंघन गर्दै दुईपटक सिजफायर गरेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP