सोमबार , भाद्र १५, २०८३

अहिले भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदलीको रहेको छ। बागमती, गण्डकी, प्रदेश नं २ र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। शनिबार देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश २ का धेरै र अरू प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ तथा प्रदेश नं २ का धेरै स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थानमा भारी वर्षाको सम्भावना छ भने प्रदेश नं २ का एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । सोमबार भने देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP