आइतबार , भाद्र १४, २०८३

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एकता गरेर ज्ञान पाएको बताएका छन् । शुक्रवार एक कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् । आफूलाई सत्तारुढ गठबन्धनका नेताहरूले केपी ओलीसँग एकता गरेर के पाउनुभयो भनेर पटक पटक प्रश्न गर्ने गरेको स्मरण गर्दै उनले भने “ओलीसँग एकता गरेर मैले ज्ञान प्राप्त गरेको छु ।” आफूले तत्कालीन नेकपा(एमाले) सँग सकारात्मक मनसायका साथ एकता गरेको भए पनि त्यसले गतिलो परिणाम नदिएको भन्दै उनले त्यसबाट प्राप्त गरेको ज्ञानलाई समेत साटफेर गर्न तयार रहेको बताए ।

प्रचण्डले एक अर्काले गरेको गल्ती तथा कमजोरीबाट सिकेको ज्ञान तथा अनुभवलाई साटासाट गरेर नयाँ आधारमा अगाडि बढ्न माओवादी घटकहरूलाई आग्रह गरेका छन् । माओवादी आन्दोलनमा सहभागी सबै नेता तथा कार्यकर्ताहरू एक आपसमा मिलेर जाने प्रयास भइरहेको भन्दै उनले त्यसका लागि सकारात्मक वातावरण बनाउनसमेत सबैलाई अनुरोध गरे ।

आफूहरूले जनयुद्धको क्रममा क्रान्ति छल्छु भनेर कहिल्यै नसोचेको तर दुष्मनले अवरोध गरेको बाटो छल्दै जाँदा अहिलेको स्थानमा आइपुगेको बताउँदै अध्यक्ष दाहालले भने, “यसमा मेरो इमानदार प्रयास थियो । कुनै गलत नियत राखिएको थिएन किनकि मैले क्रान्ति छाडेको छैन । नियत गलत राखेको छैन ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP