मंगलबार , बैसाख २९, २०८३

नेकपा एमालेले विधान महाधिवेशनमा प्रस्ताव प्रतिवेदनहरुमाथि छलफल गर्न १० वटा समूह बनाएको छ ।

ललितपुरको गोदावरीमा शुरु भएको महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गरेका थिए । उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका छन् ।लगत्तै समूहगत छलफलका लागि सहभागीहरुलाई १० वटा समूहमा विभाजन गरिएको छ ।

समूह कको अध्यक्षता देवराज घिमिरेले गर्नेछन् भने सहजीकरणका लागि भीम आचार्य र सुवास नेम्वाङ तोकिएका छन् । समूह खको अध्यक्षता ज्वाला साहले गर्नेछिन् भने सहजीकरण सत्यनारायण मण्डल र रघुवीर महासेठले गर्नेछन् ।

समूह गको अध्यक्षता आनन्द पोखरेलले गर्नेछन् भने सहजीकरणको जिम्मा अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा बादललाई दिइएको छ । समूह घको अध्यक्षता जगत विश्वकर्माले गर्दा सहजीकरण किरण गुरुङ र पृथ्वीसुब्बा गुरुङले गर्नेछन् ।

समूह ङको सहजीकरण विष्णु पौडेल र शंकर पोखरेलले गर्दा समूह चको अध्यक्ष गोरखबहादुर बोगटी तथा सहजीकरण युवराज ज्ञवाली र यमलाल कँडेलले गर्नेछन् । यसैगरी उपत्यका विशेष कमिटी र सम्पर्क मञ्चहरुका प्रतिनिधिहरुको समूहको अध्यक्षता सुजिता शाक्यले गर्नेछिन् भने सहजीकरणका लागि छविलाल विश्वकर्मा र राजन भट्टराईलाई तोकिएको छ ।

जनवर्गीय संगठनहरुबाट आएका प्रतिनिधिहरुको समूहमा सहजीकरणको जिम्मेवारी गोकर्ण विष्ट र टोपबहादुर रायमाझी तथा केन्द्रीय निकाय र आयोगहरुको समूहमा सहजीकरणको जिम्मा अमृत बोहोरा र पुष्प कँडेललाई दिइएको छ ।

सबै समूहलाई भोलि बिहान ८ बजे आउन र ४ घण्टा अर्थात् २ बजेसम्म छलफल गर्न भनिएको छ । २ बजे मूल बैठक बस्नेछ र टोली नेताहरुले छलफलको निष्कर्षहरु पेश गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP