सोमबार , भाद्र १५, २०८३

पूर्व युवराज्ञी हिमानी शाहले परिवर्तन सदैव चुनौतिपूर्ण भएको भन्दै यदी कसैले परिवर्तको आकांक्षा राख्छ भने आफू परिवर्तन हुन तयार रहनु पर्ने बताएकी छन्। त्यसका लागि उर्जाशील वातावरण र सकारात्मक सोचलाई अगाडि सार्नुपर्ने उनले बताइन्।

हिमानीले आफ्नो ४५ औं जन्मदिनको अवसर पारेर नवलपरासीका ५ सय बाढीपीडित परिवारलाई शुक्रबार राहत वितरण गर्दै उनले जति सक्दो धेरै घरेलु उद्योग सञ्चालनमा ल्याएर युवा र महिलालाई प्रोत्साहन गर्ने पछिल्लो समय कोषको उद्देश्य रहेको बताएकी छन्। सञ्चारकर्मीसँग कुरा गर्दै उनले कृषि तथा औद्योगिक क्षेत्रमा विगतका सर्वोत्कृष्ट प्रणालीलाई पूर्नजागरण गर्ने उद्देश्य अनुरूप कोष अगाडी बढेको बताइन्। उनले युवालाई कृषिमा लगाउने मात्र नभइ बजारीकरण लगायतका क्षेत्रमा पनि सुनिश्चितताको निश्चितता दिनमा कोषले विभिन्न विकल्प सोचेको उल्लेख गरिन्।

स्वास्थ्यको क्षेत्रमा पनि कोषले विभिन्न स्वास्थ्य संस्थासँग विपत्का बेलामा सहकार्य गर्दै आएको छ। निश्चित समयमा कोभिड विरूद्धको खोप हरेक जनताको पहुँचमा हुनुपर्ने बताउँदै उनले त्यसका लागि कोषले हातेमालो गर्न तयार भएको बताइन्। देशको कुल गाहर्स्थ उत्पादन, श्रम, व्यापार, बजार, व्यवसाय र जनसंख्याको संरचना जस्ता विकासका सूचकमा कोभिडले पारेको प्रत्यक्ष प्रभावको विकल्प कोभिड विरूद्धको खोप मात्र भएकाले त्यसमा हिमानी कोषको पनि विशेष ध्यानाकर्षण भएको बताइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP