सोमबार , भाद्र १५, २०८३

गत सोमबार ७७ जना यात्रुको ज्यान बचाउने बुद्ध एयरका विमान चालक आङगेलु शेर्पालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा रोक लगाएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्डअनुसार उहाँलाई उडान भर्न रोक लगाइएको प्राधिकरणले जनाएको छ ।

उहाँले उडान भरेको जहाज भने प्राविधिक जाँचपछि मंगलबार बिहानदेखि नै सञ्चालनमा आएको छ । तर, दुर्घटनाको नजिक पुगेपछि विमान चालकलाई हुन सक्ने मानसिक तनावलाई ध्यानमा राखेर उहाँलाई केही दिन उडान भर्नबाट रोक लगाइएको प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

महानिर्देशक क्षेत्रीका अनुसार बुद्ध एयरले पनि विमान चालक शेर्पालाई उडान भर्नबाट रोक लगाएको छ । शेर्पाको उडान क्षमतामा भने प्राधिकरण र बुद्ध एयरले कुनै कमी–कमजोरी नभएको प्रस्ट पारेको छ ।

गत सोमबार बिहान विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेर बुद्ध एयरको ९–एनएएनआई एटीआर जहाज काठमाडौं फर्किएको थियो । जहाजको चक्का (ल्यान्डिङ गियर) तल नझरेको र तीनवटा हरियो बत्ती नबलेपछि पाइलटले विराटनगर विमानस्थलमा विमान अवतरण नगरी काठमाडौं फर्काइएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP