शनिबार , बैसाख २०, २०८२

गत सोमबार ७७ जना यात्रुको ज्यान बचाउने बुद्ध एयरका विमान चालक आङगेलु शेर्पालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा रोक लगाएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्डअनुसार उहाँलाई उडान भर्न रोक लगाइएको प्राधिकरणले जनाएको छ ।

उहाँले उडान भरेको जहाज भने प्राविधिक जाँचपछि मंगलबार बिहानदेखि नै सञ्चालनमा आएको छ । तर, दुर्घटनाको नजिक पुगेपछि विमान चालकलाई हुन सक्ने मानसिक तनावलाई ध्यानमा राखेर उहाँलाई केही दिन उडान भर्नबाट रोक लगाइएको प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

महानिर्देशक क्षेत्रीका अनुसार बुद्ध एयरले पनि विमान चालक शेर्पालाई उडान भर्नबाट रोक लगाएको छ । शेर्पाको उडान क्षमतामा भने प्राधिकरण र बुद्ध एयरले कुनै कमी–कमजोरी नभएको प्रस्ट पारेको छ ।

गत सोमबार बिहान विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेर बुद्ध एयरको ९–एनएएनआई एटीआर जहाज काठमाडौं फर्किएको थियो । जहाजको चक्का (ल्यान्डिङ गियर) तल नझरेको र तीनवटा हरियो बत्ती नबलेपछि पाइलटले विराटनगर विमानस्थलमा विमान अवतरण नगरी काठमाडौं फर्काइएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP