आइतबार , भाद्र १४, २०८३

नेपाली कांग्रेसले हिमाली जिल्लाहरूमा यही असोज १८ गते जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ।

२१ हिमाली जिल्लामध्ये डोल्पा र रसुवामा क्रियाशील सदस्यता विवादले गर्दा वडा अधिवेशन नै हुन सकेको छैन।

तर अन्यत्र भने वडा, गाउँ/नगर, प्रदेश सभा क्षेत्र निर्वाचन सकेर आजदेखि प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिको चुनाव हुँदैछ।

कांग्रेसले प्रतिनिधि सभा क्षेत्रअनुसार जिल्ला सभापतिको उम्मेदवार हुनका लागि फरक-फरक मापदण्ड बनाएको छ।

एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिमा एकै व्यक्तिले उम्मेदवारी दिन पाउँदैनन्।

तर एकभन्दा धेरै प्रतिनिधि सभा क्षेत्र भएका जिल्लामा एकै व्यक्ति महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिका कुनै पनि पदमा उम्मेदवार हुन पाउँछ।

कांग्रेस निर्वाचन समितिका अनुसार जिल्ला सभापतिको उम्मेदवार हुन क्रियाशील सदस्यता लिएको १० वर्ष पुगेको हुनुपर्छ।

एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको जिल्लाहरूमा क्षेत्रीय प्रतिनिधि नै जिल्ला सभापति उम्मेदवार हुन पाउँछन्। देशका ३५ जिल्लामा एक मात्र निर्वाचन क्षेत्र छ।

‘एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लाहरूमा जिल्ला सभापतिको उम्मेदवार हुन निरन्तर १० वर्ष पार्टीको क्रियाशील सदस्य रहेको क्षेत्रीय प्रतिनिधि जिल्ला सभापतिको उम्मेदवार हुन पाउनेछ’ निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जिल्लाहरूमा पठाएको पत्रमा भनिएको छ।

जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्य हुनका लागि पनि क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था कांग्रेसको छ। महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिको चुनाव भने एकैपटक गरिनेछ।

एकै व्यक्ति महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिमा दुबैतर्फ उम्मेदवार हुन भने पाउने छैन।

एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाहरूमा भने जिल्ला सभापति हुन महाधिवेशन प्रतिनिधि हुनुपर्ने व्यवस्था छ।

एकभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएको जिल्लामा भने महाधिवेशन प्रतिनिधि भई सकेकाहरू जिल्ला कार्यसमितिमा उम्मेदवार हुन पाउँछन्। महाधिवेशन प्रतिनिधि जिल्ला कार्यसमितिमा उम्मेदवार भए पनि उसको पद जाने छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP