सोमबार , भाद्र १५, २०८३

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ को बदनाम गरेको भन्दै उनको राजीनामा माग गरिएको छ । मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेकाले मुख्यमन्त्री राउतले नैतिकताको आधारमा राजीनामा माग दिनका लागि दबाबस्वरुप विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।

बिहीबार कलैयामा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालका भ्रातृ संगठन लोकतान्त्रिक समाजवादी विद्यार्थी सङ्घ बाराले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्दै प्रदर्शन गरे । विद्यार्थी सङ्घ बाराका अध्यक्ष सन्तोष यादवको अगुवाइमा भएको कलैया नगर प्रदर्शनको क्रममा विद्यार्थीहरूले मुख्यमन्त्रीले राजीनामा दिई अनुसन्धानमा सहयोग पुर्‍याउन आग्रह गरेका थिए ।

अध्यक्ष सन्तोष यादवले छात्रालाई वितरण गर्न खरिद गरिएको साइकलमा कमिसन, बेटी बचाउ बेटी पढाऊ अभियानमा कमिसन र प्रदेश सरकारले विकास निर्माणको नाममा समेत कमिसन लिने गरेको आरोप लागि रहँदा तत्काल मुख्यमन्त्रीले नैतिकताको आधारमा प्रदेश २ को नाम र नाक जोगाउनका समेत राजीनामा दिई सहयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP