सोमबार , भाद्र १५, २०८३

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट जनवरी १ मा आन्तरिक र वैशाखदेखि अन्तर्राष्ट्रिय उडान थाल्ने गरी तयारी सुरू भइसक्यो।

विमानस्थल निर्माणको काम ८४ प्रतिशत पूरा भइसकेको छ भने अधिकांश पूर्वाधार पनि बनिसकेका छन्।

विमानस्थल आयोजनाले विगत ३ वर्षदेखि उठाउँदै आएको ‘सानो’ समस्या तत्काल समाधान नगर्दा विमानस्थलमै पहिरो जाने अवस्थामा पुगेको छ।

विमानस्थल बनाउनु अघिसम्म पोखरामा वर्षा, ढल र नहरका पानीले विमानस्थलमा समस्या ल्याउला भनेर कसैले सोचेका थिएनन्। जब अन्तर्राष्ट्रिय विमानस्थलले आकार ग्रहण गर्न थाल्यो, निर्माणाधीन अवस्थामै विमानस्थलमा अनेक समस्या देखिन थाल्यो। अहिले देखिएका सबैभन्दा ठूलो समस्या विमानस्थलमा बगेर आउने पानीको व्यवस्थापन गर्न नसक्नु भएको आयोजना प्रमुख विनेश मुनकर्मीले बताए।

विमानस्थलको उत्तरतर्फ ४ किलोमिटर क्षेत्रमा पर्ने मणिपाल अस्पतालदेखि सेती नदी र काँहुखोलाबाट सिँचाइका लागि ल्याएको पानी विमानस्थलमा पुग्छ। विमानस्थल बन्नुअघि उक्त जग्गा खेत थियो, त्यही खेतमा पानी लगाउन बनाइएका नहर र कुलोबाट पनि निरन्तर पानी विमानस्थलमा पुगिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP