आइतबार , जेठ २६, २०८२

डार्बिन/अष्ट्रेलियाको नर्दन टेरिटोरी राज्यको डार्बिनमा दशैं विशेष कार्यक्रम गरिने भएको छ । नेपलिज एशोसियसन अफ नर्दन टेरिटोरी र गैर आवासिय नेपाली संघले संयुक्त रुपमा कार्यक्रम गर्न लागेको हो । एशोसियसनले विगत १३ वर्षदेखि हरेक दशैका विशेष कार्यक्रम गर्दै आएको छ । अक्टोबर २ तारिखमा आयोजना हुन लागेको कार्यक्रममा प्रवेश निशुल्क गरिएको गैर आवासिय नेपाली संघ नर्दन टेरिटोरीका संयोजक बिष्णु चापागाईंले जानकारी दिनुभयो । वहाका अनुसार यसपाली ५ सय जना भन्दा बढीको सहभागिता हुने विश्वास गरिएको छ । कार्यक्रम डार्विनको मररा स्थित फिलिपिनो सामुदायिक केन्द्रको हलमा हुन लागेको हो ।

नेपालीको ठुलो चाड सबैसंग मिलेर मनाउन पाइयोस तथा अन्य समुदायका मानिसलाई पनि नेपाली चाडवाडको बारेमा थाहा होस् भनेर दशै मनाउदै आएको NANT का अध्यक्ष युवराज पन्तले बताउनुभयो । कोभिडका कारणले नेपाल जान नपाएका नेपालीहरुलाई यो कार्यक्रम आफन्त भेटेर दशै मनाउने अवसर पनि हो पन्तको भनाई छ ।

कार्यक्रममा नेपाली नृत्य र संगित प्रस्तुत गरिनेछ । त्यस्तै नेपाली खानाको स्टल पनि रहनेछ । कार्यक्रमको मुख्य आकर्षणमा यसपाली म:मलाइ लियिएको छ। दोस्रो पुस्तालाई नेपाली संस्कृति चिनाउन र संस्कृतिको निरन्तरताका लागि नर्दन टेरिटोरीमा हरेक वर्ष दशैको कार्यक्रम गरिदै आइएको हो । यसपाली दोस्रो पुस्ताका कम्तिमा १५ जना केटाकेटीहरुलाई कार्यक्रम परिसरमा स्वयमसेवीको रुपमा समेत खटाइने भएकोले पनि यो बर्षको दशैँ खाश हुने बताउनु हुन्छ NRNA -NT  उपाध्यक्ष सन्जिब गोर्खाली।  

NANT र NRNA-NT डार्विन बस्ने सम्पूर्ण नेपालीलाई दशैँ सबै संगै मिलेर मनाउन, २ अक्टोबरमा हुन लागेको कार्यक्रममा उपस्थित हुन हार्दिक अनुरोध गर्दछ।

(Photo credited by NANT website 2020/2021)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP