मंगलबार , अषोज २७, २०८३

इक्वेडरको गुआयाकिल सहरमा रहेको कारागारमा कैदीहरूको दुई समूहबीच भएको झडपमा मारिनेको सङ्ख्या ११६ पुगेको छ । कारागारमा रहेका दुई ग्याङबीच मंगलबार झडप भएको थियो । बुधबार कारागारको स्थिति नियन्त्रणमा आएको अधिकारीहरूले बताएका थिए ।

तर, बिहीबार पुनः सो क्षेत्रका बासिन्दाले विस्फोट तथा गोलाबारीको आवाज सुनेको बताएका छन् । लगत्तै प्रहरीले ४ सय अधिकारीहरूलाई स्थिति नियन्त्रणमा लिनका लागि पठाएको बताएको थियो । इक्वेडरको प्रहरीले कारागार क्षेत्रभित्र प्रहरीहरू प्रवेश गरिरहेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको थियो ।

मंगलबार कारागारको एक भागमा रहेका कैदीहरूले दुलो बनाएर अर्को भागमा पुगेर विरोधी ग्याङका सदस्यहरूमाथि आक्रमण गरेपछि कारागारमा झडप सुरु भएको थियो । कम्तीमा ६ कैदीहरू अङ्गभङ्ग पारिएका थिए भने अन्यमाथि गोली प्रहार गरिनुका साथै ग्रिनेड हमला गरिएको थियो ।

प्रहरीले ६ जना खाना पकाउनेहरूलाई सुरक्षित उद्धार गर्न सफल भएको थियो । घटनामा दुईजना प्रहरी घाइते भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 243 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP