आइतबार , बैसाख ७, २०८२

इक्वेडरको गुआयाकिल सहरमा रहेको कारागारमा कैदीहरूको दुई समूहबीच भएको झडपमा मारिनेको सङ्ख्या ११६ पुगेको छ । कारागारमा रहेका दुई ग्याङबीच मंगलबार झडप भएको थियो । बुधबार कारागारको स्थिति नियन्त्रणमा आएको अधिकारीहरूले बताएका थिए ।

तर, बिहीबार पुनः सो क्षेत्रका बासिन्दाले विस्फोट तथा गोलाबारीको आवाज सुनेको बताएका छन् । लगत्तै प्रहरीले ४ सय अधिकारीहरूलाई स्थिति नियन्त्रणमा लिनका लागि पठाएको बताएको थियो । इक्वेडरको प्रहरीले कारागार क्षेत्रभित्र प्रहरीहरू प्रवेश गरिरहेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको थियो ।

मंगलबार कारागारको एक भागमा रहेका कैदीहरूले दुलो बनाएर अर्को भागमा पुगेर विरोधी ग्याङका सदस्यहरूमाथि आक्रमण गरेपछि कारागारमा झडप सुरु भएको थियो । कम्तीमा ६ कैदीहरू अङ्गभङ्ग पारिएका थिए भने अन्यमाथि गोली प्रहार गरिनुका साथै ग्रिनेड हमला गरिएको थियो ।

प्रहरीले ६ जना खाना पकाउनेहरूलाई सुरक्षित उद्धार गर्न सफल भएको थियो । घटनामा दुईजना प्रहरी घाइते भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP