मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पाल्पामा एक पालिकामा महिला नेतृत्व आएको आएको छ।

जिल्लाको पूर्वखोला गाउँपालिकाको सभापतिमा विष्णुकुमारी आचार्य निर्वाचित भएसँगै महिलामा उत्साह थपिएको हो।

यहाँको १० पालिकामध्ये नौ पालिकामा निर्वाचन सम्पन्न भई नयाँ नेतृत्व आएको छ। नौ पालिकामध्ये आठ पालिकाको सभापतिमा पुरुष निर्वाचित छन्।

यही असोज ९ गते भएको पालिका अधिवेशनले सर्वसम्मतरूपमा आचार्यले सभापतिको नेतृत्व गर्ने अवसर पाएकी हुन्। सभापतिमा पुरुष उम्मेदवार पनि आकाङ्क्षी नभएका भने होइनन् तर, यहाँका नेतृत्व पङ्क्तिले यस पटक महिलालाई सम्मान गर्दै गाउँपालिकामा सभापतिको जिम्मेवारी सुम्पेका छन्।

परिवारको साथ सहयोग र पार्टीका नेता कार्यकर्ताको सहमतिमा पाएको जिम्मेवारीलाई पूरा गर्ने उनको अठोट “महिलालाई पार्टीमा चलायमान बनाउने र भोलिका दिनमा वडा तहदेखि माथिल्लो निकायसम्म नेतृत्व गर्नसक्ने गरी महिलालाई सशक्त बनाउनेछु, गाउँगाउँका महिलाको समस्यालाई बुझेर पार्टीमार्फत उनीहरुका हक अधिकारका निम्ति सदैव लड्नेछु ” उनले भनिन्।

यसअघि पेशाले उनी प्रावि तहको स्थायी शिक्षक थिइन्। “शिक्षण पेशाका क्रममा बुद्ध माविमा कालिका प्राविबाट दरबन्दीसहित सरुवा भएर जाँदा छ महिना मलाई मेरो परिवार नेपाली कांग्रेसमा आस्थावान् भएकै कारण हाजिर गर्न दिइएन, हाजिरबिना तीन महिना नियमित विद्यालय गएर पढाएँ, त्यसपछि प्रअले कक्षामा पढाउन नजानू भनेर निर्देशन दिएपछि म घरमै बसेँ, केही समयपछि पुनः सरस्वती मावि जल्पा सरुवा भई शिक्षण गर्न थालेँ”, विगत सम्झदै उनले भनिन्।

पाल्पामा ८१ वडामा एक महिला सभापति

पाल्पाको ८१ वडामध्ये एक वडामा मात्र सभापति पदमा महिला नेतृत्वले स्थान पाएको छ। बगनासकाली गाउँपालिका–२ मा गत भदौ २१ गते भएको वडा अधिवेशनमा सीताकुमारी गहिरेले वडा सभापतिमा नेतृत्व हात पार्न सफल भएकी छन्।निर्वाचन प्रक्रियामार्फत गहिरेले प्रतिस्पर्धी राजेन्द्र रानालाई पराजित गरी विजयी भएकी हुन्। यस वडामा १५१ क्रियाशील सदस्यमध्ये ८१ मत खसेकामा निर्वाचित गहिरेले ४० मत र प्रतिस्पर्धी रानाले ३९ मत पाए। दुई मत बदर भएको थियो।

सर्वसहमतिमा यस पटक महिलालाई नेतृत्व गर्ने अवसर माग गर्दा नेतृत्व पङ्क्तिले सुनुवाइ नगरेपछि चुनावी मैदानबाट विजयी हुने मौका आफूले पाएको उनले बताइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP