आइतबार , बैसाख ७, २०८२

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मङ्गलवार भएकाे पहिलाे खेलमा काेलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई हराएकाे छ ।

शारजाह क्रिकेट मैदानमा दिल्लीले दिएकाे एक सय २८ रनकाे लक्ष्य काेलकाताले १८ ओभर २ बलमा सात विकेट गुमाउँदै भेटायाे । काेलकाताका लागि नितिश रानाले अविजित ३६ रन बनाए । त्यस्तै शुभमन गिलले ३० रन बनाए । बलिङतर्फ दिल्लीका आवेश खानले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे दिल्लीले निर्धारित ओभरमा नाै विकेट गुमाउँदै एक सय २७ रन बनायाे । दिल्लीका लागि स्टेभ स्मिथ र ऋषभ पन्तले समान ३९–३९ रन बनाए । बलिङतर्फ काेलकाताका लकी फर्गुसन, सुनील नरायन र वेङ्गटेश अय्यरले समान दुई–दुई विकेट लिए ।

याे जितसँगै काेलकाता ११ खेलमा १० अङ्कसहित तालिककाे चाैथाे स्थानमा उक्लिएकाे छ । समान खेलबाट १६ अङ्क बटुलेकाे दिल्ली भने तालिकाकाे दाेस्राे स्थानमा छ ।

प्रतियाेगिताकाे दाेस्राे खेलमा अहिले मुम्बई इन्डियन्स र पञ्जाब किङ्ग्सबीच खेल भइरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP