आइतबार , भाद्र १४, २०८३

केपी शर्मा ओलीले एमसीसीबारे एमाले सकारात्मक रहेको संकेत गरेका छन् । सम्पादकहरूसँगको छलफलमा एमाले अध्यक्ष ओलीले एमसीसीका विषयमा अग्रसरता लिनुपर्ने सरकार मौन बसेको भन्दै आफ्नो मात्र चाहनाले एमसीसी पास नहुने बताएका हुन् ।

“एमसीसीबारे हामीसँग परामर्श गर्नुभएको छैन । सरकारले यसमा रुचि र चासो राखेको छैन । हामीसँग त १०० सिटको हाराहारीमा छ । हामी उफ्रिएर मात्रै के हुन्छ ?,” ओलीले भने, “ताप्के नताती बिँड तारेर के हुन्छ ?”

उनले सत्ता गठबन्धनमा १६५ सिट रहेको भन्दै उसले चाहे एमसीसी पास हुने र नचाहे फेल हुने बताए ।

ओलीले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दा एमसीसीबारे केही नबोलेकाले आफूले सम्झाएपनि अहिलेसम्म स्पष्ट रूपमा नबोलेको बताए ।

Global bank
“एमसीसी गर्ने पार्टी कांग्रेस र माओवादी हुन् । दुईटा गठबन्धनका नाइके पनि हुन्,” ओलीले भने, “न्यूनतम कार्यकम र नीति तथा कार्यक्रममा नदेखिएकाले मैले संसद्मा सम्झाएँ । सरकारले बिर्सिएको त होइन भनेँ । अहिले पनि जान्न चाहन्छु, एमसीसीमा सरकारको के हो दृष्टिकोण ?”

ओलीले प्रधानमन्त्री हुँदा एमसीसी पारित गर्न खोजे पनि सभामुखको असहयोगका कारण सम्भव नभएको बताउँदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP