शुक्रबार , बैसाख १९, २०८२

केपी शर्मा ओलीले एमसीसीबारे एमाले सकारात्मक रहेको संकेत गरेका छन् । सम्पादकहरूसँगको छलफलमा एमाले अध्यक्ष ओलीले एमसीसीका विषयमा अग्रसरता लिनुपर्ने सरकार मौन बसेको भन्दै आफ्नो मात्र चाहनाले एमसीसी पास नहुने बताएका हुन् ।

“एमसीसीबारे हामीसँग परामर्श गर्नुभएको छैन । सरकारले यसमा रुचि र चासो राखेको छैन । हामीसँग त १०० सिटको हाराहारीमा छ । हामी उफ्रिएर मात्रै के हुन्छ ?,” ओलीले भने, “ताप्के नताती बिँड तारेर के हुन्छ ?”

उनले सत्ता गठबन्धनमा १६५ सिट रहेको भन्दै उसले चाहे एमसीसी पास हुने र नचाहे फेल हुने बताए ।

ओलीले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दा एमसीसीबारे केही नबोलेकाले आफूले सम्झाएपनि अहिलेसम्म स्पष्ट रूपमा नबोलेको बताए ।

Global bank
“एमसीसी गर्ने पार्टी कांग्रेस र माओवादी हुन् । दुईटा गठबन्धनका नाइके पनि हुन्,” ओलीले भने, “न्यूनतम कार्यकम र नीति तथा कार्यक्रममा नदेखिएकाले मैले संसद्मा सम्झाएँ । सरकारले बिर्सिएको त होइन भनेँ । अहिले पनि जान्न चाहन्छु, एमसीसीमा सरकारको के हो दृष्टिकोण ?”

ओलीले प्रधानमन्त्री हुँदा एमसीसी पारित गर्न खोजे पनि सभामुखको असहयोगका कारण सम्भव नभएको बताउँदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP