मंगलबार , अषोज २७, २०८३

नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मंच अष्ट्रेलियाले आफ्नो बिभिन्न बिभाग अन्तर्गतको युवा बिभाग, प्रवासी नेपाली युवा मंच अष्ट्रेलियाको राष्ट्रिय कमिटी घोषणा तथा विस्तार गर्ने भएको छ ।

यही आऊदो अक्टोबर १० गते आइतबारका दिन सिड्नी समय अनुसार बेलुकी ५ बजे देखी भरचूयल जुम मार्फ़त हुने कार्यक्रमको आयोजना गरीएको छ ।कार्यक्रममा प्रमुख अतिथि रास्ट्रिय युवा संघ नेपालका पूर्व अध्यक्ष एवं नेपाल सरकारका पूर्व मन्त्री र नेकपा एमाले युवा फाँट प्रमुख महेश बस्नेत रहेका छन भने बिशेष अतिथिमा रास्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेल रहेको बताईएको छ ।

प्रवासी नेपाली मंच अष्ट्रेलियाको बिभिन्न बिभाग अन्तर्गत युवा बिभागको राष्ट्रिय कमिटी घोषणा तथा विस्तार गर्न लागीएको हो । नव गठन हुने कमिटीले अष्ट्रेलियाको आठ ओटै राज्य बाट समावेश हुने गरेर बिशेष गरी नेपाली समाजमा सक्रिय रहेका युवाहरूको प्रतिनिधित्व हुने गरी राष्ट्रिय कमिटी घोषणा गर्न लागेको छ।

प्रवासी नेपाल मंच अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डेले सामाजिक संजाल फ़ेसबुक मार्फ़त निमंत्रणा पर्चा सहित सबै युवाहरू र नेपालीहरूमा निमंत्रणा गरेका छन साथै मंचले बिभिन्न बिभागहरू गठन साथै विस्तार गर्ने क्रममा अष्ट्रेलियामा रहेका युवा साथीहरूको स्वतः स्फूर्त कमिटी गठन गर्नुपर्ने कुरामा बिशेष भुमिका निर्वाह गरेको हुदा प्रवासी नेपाली मंचलाई सहज अनी विस्तार गर्न सजीलों भएको बताए र सबै युवाहरूको सामाजिक, राजनीतिक अनी कर्मभुमी र हिजोको त्यो समयलाई पुन जोड़नका निम्ति प्रवासी नेपाली युवा मंच घोषणा गर्न लागीएको बताए उनले सबै युवाहरूमा एक भई नेपाली समाजको बिकास र प्रगतिको निम्ति यो अभियानमा जोडिन आग्रह समेत गरेका छन।

प्रवासी नेपाली मंचका केन्द्रीय प्रवक्ता संतोष दाहालले समेत कार्यक्रममा उपस्थितिको निम्ति सम्पूर्ण सामाजिक संजाल मार्फ़त युवाहरूमा सर्कुलर जारी गरेका छन र सिंगो युवाहरू एक ढिक्का भई लाग्नका निम्ति अनुरोध समेत गरेका छन । त्यस्तै मंचको बिभिन्न राज्य कमिटीका अध्यक्षहरू बाट निमंत्रणाको निम्ति ब्यापक प्रचार प्रसार गरीएको छ ।

प्रवासी नेपाली युवा मंचले बिध्यार्थी अनी युवा बिशेष कार्यक्रमहरू गर्ने बताईएको छ जसमा अष्ट्रेलियामा आएदेखीको दिन बाट सुरु हुने संघर्ष अनी यात्राको बारेमा सचेतना कार्यक्रम, जागीर खोज्ने, सिपमुलक जागीरको तालीम तथा गोस्ठिहरूको आयोजना गर्ने, युवाहरू बिच खेलकूद कार्यक्रम, लागु पदार्थ तथा दुर्व्यसनी बाट टाढ़ा रहन सेमिनार, व्यवसायमा जोडिनका निम्ति आवश्यक पर्ने कुरा, व्यवसाय भएकाहरू प्रति आवश्यक सहयोग, नेपाल प्रतिको माया अनी संस्कृति जगेर्नाको निम्ति बिभिन्न सांस्कृतिक चाडपर्व, धर्म, संस्कार लगायतको कार्यक्रम, भेटघाट कार्यक्रम, व्यक्तित्व अनी नेतृत्व बिकास लगायतको कार्यक्रमहरू संचालन गरिने युवा मंचका संयोजक अरुण गौतम बताए ।

उक्त कार्यक्रमलाई बृहत् रुपमा सफल पार्नका निम्ति आन्तरिक तयारीहरू भने भईरहेको छ र हरेक राज्हरूमा रहेका प्रवासी नेपाली मंचको कमिटीका प्रतिनिधिहरू यति बेला व्यस्त रहेको पाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP