शुक्रबार , बैसाख १९, २०८२

परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिका पुगेर एमसीसी संशोधन हुन नसक्ने कुरा बताएका छन् । एमसीसी पास हुँदा संसोधन नभई पास हुने कुरा कार्यक्रममा उल्लेख गरेका छन् ।

नेपालले एमसीसी संशोधन नहुनुको कारण उल्लेख गर्दै मन्त्री खड्काले भने, “नेपालको लागि मात्र एमसीसीलाई संशोधन गर्न मिल्दैन । नेपाललाई मात्र संशोधन गर्दा अरु लागू भएका देश प्रभावित हुने भएकाले संशोधन गर्न कठिन हुन्छ ।”

नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका मन्त्री खड्काले भने, “एमसीसी बारे अघिल्लो सरकार हुँदा केपी शर्मा ओलीले आफै कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर एमसीसी नेपालको हितको लागि भएकाले संशोधन नगरी पास गर्नुपर्ने कुरा बताउनु भएको थियो ।”

मन्त्री खड्काका अनुसार नेपालमा एमसीसीको गलत प्रचार भएका कारण यसको बारेमा जनता भ्रममा रहेको जनाएका छन् । नेपाल र अमेरिका बीचको सम्बन्ध पूरानो भएकाले अमेरिकाले नेपाललाई सहयोग गर्दै एमसीसी परियोजना अघि सारेको कुरा बताएका छन् ।

आफू सत्तामा हुँदा एमालेका अध्यक्ष केपी शर्मा ओली आफै एमसीसी पारित गराउन अघि सरेका थिए तर अहिले आफै एमसीसी बारे गलत भ्रम फैलाउँदा दुई देश बीचको सम्बन्धमा चिसो पस्न सक्ने कुरा समेत मन्त्री खड्काले जनाएका छन् ।

“एमसीसी परियोजना नेपालको लागि फलदायी छ भन्ने सबै राजनीतिक दललाई थाहा छ तर आफ्नो स्वार्थको लागि मात्र राम्रो भन्ने नत्र गलत प्रचार गर्ने हुँदा यस बारे धेरै भ्रम छरिएको छ ।” कुराकानीको क्रममा मन्त्री खड्काले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १९, २०८२ शुक्रबार 29 Views

ठूलो आन्दोलनको तयारी हुँदैछ : प्रचण्ड

  बैसाख १९, २०८२ शुक्रबार 45 Views

किट कलेजमा फेरि नेपाली छात्रा मृत फेला

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP