मंगलबार , बैसाख २९, २०८३

एजी शेर्पा अर्थात् ७३ जना यात्रुको जीवन फर्काइदिने भगवान । ‘हामफाल्छौँ, नबाँचिनेरहेछ’ भनेर जीवन माया मारेर चिच्याउँने यात्रुको मुहारमा खुसी ल्याइदिए पाइलट एजी शेर्पाले ।

सोमबार काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाज अवतरण गर्न सकेन । उक्त विमान एजी शेर्पाले नै चलाएका थिए ।

जहाज विराटनगरतिर उड्दा सामान्य नै भएपनि विराटनगर पुगेपछि समस्या देखियो । अवतरण गर्न सकेन । जहाजमा वयस्क ६८, बच्चा २, अपांग ३ जना गरि ७३ जना यात्रु रहेका थिए । विराटनगरमा जहाज अवतरण नहुँदासम्म यात्रुहरु सामान्य नै मानिरहेका थिए ।

तर, जब विराटनगरबाट जहाज काठमाडौं फर्केर अवतरण नभई चक्कर लगाउन थाल्यो । यात्रुहरु ‘अब नबाँचिने रहेछ, मरियो’ भनेर जीवन माया मारेका थिए ।

जहाजका एयर होस्टेसहरु रोइरहेका थिए । तैपनि उनीहरु यात्रुहरुरुलाई सान्त्वना दिइरहेका थिए । पाइलट एजी शेर्पा भने विचलित नभइकन सकुशल रुपमा जहाज अवतरण गर्न प्रयत्न गरिरहेका थिए ।

तैपनि ल्याण्डिङ गियर धावनमार्गमा झर्न सकेको थिएन । यहीँकारण जहाज गन्तव्य स्थलमा पुगेर फेरि काठमाडौं फर्किएको थियो । काठमाडौं फर्किएको जहाजलाई पानीमाथि फम राखेर अवतरण गर्न खोजिएको थियो ।

धावनमार्गमा नेपाली सेना, एम्बुलेन्स तयारी अवस्थामा थिए । पाइलट एजी शेर्पा भने जसरी हुन्छ जहाजलाई अझैँ सुरक्षित रुपमा ल्याण्डिङ गर्न प्रयत्न गरिरहेका थिए ।

अन्ततः उनको त्यो प्रयास सफल भयो । भगवान दाहिने हात भइदियो । जहाज सकुशल रुपमा अवतरण गर्यो । यो अवधिभर जहाजमा केही यात्रु बेहोस पनि भएका थिए । र, सबै यात्रुले नयाँ जीवन पाए, एजी शेर्पाले सबैलाई मृत्युको मुखबाट बचाएर नयाँ जीवन दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP