सोमबार , भाद्र १५, २०८३

दशैँ मनाउन घर जाने यात्रुलाई लक्षित गरी आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ ।

गत विहीबार यातायात व्यवस्था विभागले ट्राफिक प्रहरी, यातायात व्यवसायी तथा उपभोक्ता अधिकारकर्मीसँग छलफल गरेर आज (असोज ११ गते)देखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।

चाडपर्वको बेला एकै समयमा धेरै यात्रुले काठमाडौं छाड्ने भएकाले यो समयमा पहिले नै टिकट काट्ने प्रचलन चलिरहेको छ । त्यसैले सरकारले अग्रिम टिकट बुकिङ गर्दै आएको छ ।

यो वर्ष सरकारले सार्वजनिक सवारीको भाडा पनि बढाएको छ । त्यसैले दशैँमा घर फर्कने यात्रुले गत वर्षभन्दा २८ प्रतिशत बढी तिर्नुपर्ने हुन्छ ।

अग्रिम टिकट काट्दा पनि यात्रु धेरै ठगिने गर्छन् । तोकिएको भाडाभन्दा बढी असुल्न धेरै यातायात व्यवसायीहरु अग्रसर हुन्छन् । त्यसैले यात्रु आफैं पनि भाडाबारे जानकार हुनुपर्छ ।

त्यसैले यातायात व्यवस्था विभागले आफू जाने स्थानसम्मको भाडादरबारे पूर्व जानकारी राखेर टिकट काट्न जान आग्रह गरेको छ ।

डिलक्स सुविधा भएका भने यात्रुवाहक सवारी साधनले तोकिएको भाडादरमा पनि थप २० प्रतिशत बढाएर लिन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP