शुक्रबार , भाद्र १२, २०८३

एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलमा आज पनि २ वटा खेल हुँदै छन् ।

पहिलो खेल विहान साढे ९ बजेदेखि र दोस्रो खेल दिउँसो साढे १ बजेदेखि शुरुहुने छ ।

पहिलो खेलमा विराटनगर वारियर्स र काठमाडौं किंग्स इलाभेनबीच प्रतिस्पर्धा हुने छ ।

काठमाडौंले पहिलो खेलमा ललितपुर प्याट्रियोट्सलाई पराजित गर्र्दै शुखद् सुरुवात गरेको थियो ।

विराटनगर भने चितवनसँग पराजित भएको थियो । सन्दीप लामिछानको कप्तानीमा रहेको काठमाडौंमा साहिद अफ्रिदी रहेका छन् ।

उनी आजको खेल पछि पाकिस्तान फर्कने छन् । आजै दिउँसो साढे १ बजे भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुने छ ।

चितवनले विजयी शुरुआत गरेको टिम हो भने भैरहवालाई आइतबारको बर्षा बाधक बन्यो ।

पोखरा राइनोजविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको भैरहवाका लागि पानी परेपछि खेल नै शुरु नहुनु दुर्भाग्य बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP