आइतबार , बैसाख ७, २०८२

एनआरएनए पोर्चुगलमा दुई समूहबीच कुटाकुट भएको छ । शनिबार लिस्वनको अलमेदा पार्कमा भेला भएका युवाहरूबीच कुटाकुट भएको हो । प्रत्यक्षदर्शीका अनुसार कुटपिटका क्रममा दुई नेपाली घाइते भएका छन्।

सामाजिक संजालमा लिस्वनको पार्कमा नेपालीहरूबीच मुक्का हानाहान गरेको भिडियो समेत बाहिरिएको छ। एनआरएनए पोर्चुगलमा एउटा समूहले चुनाव जितेर आएको भन्दै आधाकारिक भएको दाबी गर्दै आएको छ भने अर्को समूहले चुनाव धाँधली भएकाले आफूहरूले वहिष्कार गरेको भन्दै समानान्तर समिति खडा गरेको छ।एनआरएनए पोर्चुगलका दुई समानान्तर समितिले झडपपछि पनि एकअर्कालाई आरोप प्रत्यारोप गर्दै विज्ञप्ति जारी गर्दै कुटपिट घटनाको पुष्टिसमेत गरेका छन्।

नेपाल पत्रकार महासंघ पोर्चुगल शाखाका अध्यक्ष योगेन्द्र मिलन छन्त्यालले स्थानीय प्रहरी समयमा नै पुगेकाले थप अप्रिय घटना हुनबाट जोगिएको बताए। उनले भने, ‘घटनास्थलमा दुई भ्यान प्रहरी आएपछि हातपातमा संलग्न युवाहरू तितरवितर भएको पाइन्छ । एनआरएनका दुई पक्षका साथीहरूले नै प्रष्ट भन्नुहुन्छ प्रहरी नआएको भए त्यहाँ ठूलो दुर्घटना हुनसक्थ्यो।’

पोर्चुगलमा एनआरएन विवाद सल्टाउनुको सट्टा झन्झन् उग्र र जटिल बन्दै गएको पत्रकार छन्त्यालले बताए। ‘सुरुमा सकारात्मक पहल नै हुन खोजेको थियो। रवीन्द्र अधिकारी र सोम शेर्पा दुवैजना छलफलका लागि त्यहाँ पुगेको बुझिन्छ तर दुवै पक्षका युवाहरू संयमित हुन नसक्दा मुखले चुनौती दिदादिदै हातपात भएको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP