
चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा कोलकाता नाइट राइडर्सलाई २ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो ।
शेख ज्याद क्रिकेट स्टेडियममा कोलकाताले जितका लागि दिएको १७२ रनको लक्ष्य चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७२ रन बनायो । चेन्नईका लागि फाफ डू प्लेसिसले सर्वाधिक ४३ रनको योगदान गरे । त्यस्तै रुतुराज गाइक्वाडले ४० रन बनाउँदा मोइन अली ३२ र रविन्द्र जडेजाले २२ रन बनाए ।
बलिङतर्फ कोलकाताका लागि सुनिल नारायणले तीन विकेट लिए । त्यस्तै प्रंशिद्ध कृष्ण, लकी फग्यूसन, भरुन चक्रवर्ती र आन्द्र रसलले समान एक–एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनायो ।
कोलकाताका लागि राहुल त्रिपाठीले सर्वाधिक ४५ रनको योगदान गरे । त्यस्तै नितिस रानाले नट आउट ३७ रनको योगदान गरे । दिनेश कार्तिकले २६ रनको योगदान गर्दा आन्द्रे रसल २० तथा भेन्केटस यैरले १८ रन बनाए ।
बलिङतर्फ चेन्नईका लागि जोस हेजलहुड र शार्दुल ठाकुरले समान दुई–दुई विकेट लिए । त्यस्तै रवीन्द्र जडेजाले १ विकेट लिए ।
लिगमा १० खेल खेलेको चेन्नई १६ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको दिल्लीको १६ अंक छ ।
१० खेल खेलेको कोलकाता ८ अंक जोडेर चौथो स्थानमा आफूलाई स्थापित गरेको छ ।