शुक्रबार , भाद्र १२, २०८३

यौनसम्पर्क एकप्रकारको शारीरिक व्यायम हो । स्वस्थ्य रुपमा गरिएको यौनसम्पर्कले मुटुजन्य रोगीहरुलाई समेत राम्रो प्रभाव पार्छ । त्यतिमात्रै होइन तालिका मिलाएर गरिएको यौनसम्पर्कले हृदयघातको सम्भावना समेत कम हुन्छ ।

वैज्ञानिकहरुले हप्ताको दुई देखी तीन पटक सम्म यौनसम्पर्क गर्ने व्यक्तिको आयु १० वर्ष बढने बताउछन । यौनसम्पर्कका बेला व्यक्तिको शारीरिक संगै मनोवैज्ञानिक रुपमा स्फुर्तिमा बृद्धि हुने र त्यसको सकारात्मक प्रभाव सोझै मुटूमा पर्ने बैज्ञानिकहरुको धारणा छ ।

यौनसम्पर्कका वेला आउने उत्तेजनाले शरीरका सबै अंगलाई क्रियाशील गराउछ भने त्यतिवेला पाइने विशेष खालको आनन्दले व्यक्तिको स्फूर्ति बढने बैज्ञानिकहरुको तर्क छ ।

उनीहरुले यौनसम्पर्कलाई एक प्रकारको शारीरिक श्रम समेत भनेका छन् । शारिरीक श्रम गर्ने व्यक्तिको स्वत मुटु बलियो हुने भनाई छ । मुटु बलियो हुनेको हृदयघात हुने सम्भावना समेत कम हुन्छ । कतिपयले एक पटक हृदयघात भएको व्यक्तिले यौनसम्पर्क गर्न हुदैन भन्ने मान्यता राखेको पाइन्छ । मुटुलाई असर पर्छ भनेर यौनसम्पर्क बन्द गरेको समेत सुनिन्छ ।

तर चिकित्सकहरुले यौनसम्पर्कको बेला मुटुमा पर्ने दवाव भनेको भर्याङ चडी दुई तल्ला माथि उक्लदा जति दवाव हुन्छ त्यति नै हुने बताउछन् । बरिष्ट मुटूरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी भन्छन, ‘ भ¥याङबाट दुई तला माथि उक्लन सक्ने व्यक्तिले सहजै यौनसम्पर्क गर्न सक्छ । अर्थात मुटुले सजिलै यौनसम्पर्कको भार थेग्न सक्छ ।’ उनले हृदयघात भएको व्यक्तिले चार हप्ता पछि यौनसम्पर्क गर्न सक्ने बताए ।

उनी भन्छन, ‘छातीमा पीडा उत्पन्न नभई २ तलामाथि भ¥याङबाट चडन सकिन्छ भने यौनक्रिडाको भार मुटुले सजिलै धान्न सक्छ । तर यदि छातिमा पीडा उत्पन्न हुन्छ भने यौनसम्पर्कका बेलामा कम बल प्रयोग गर्नुपर्छ ।’ उनले यौनसम्पर्कका बेला छाती वा मुटूमा पिडा बढन गएमा जिव्रो मुनि राख्ने औषधि (isordile 5mg / sorbitrate 5 mg ) प्रयोग गर्न सुझाव दिन्छन् ।

कतिपय पुरुष मुटुरोगीहरुले आफ्नो यौन दुर्वलताको अनुभव वा अनुमान गर्ने गरेका हुन्छन । तर चिकित्सकहरुले त्यसमा पनि सत्यता नरहेको बताउछन् । डा. रेग्मी भन्छन, ‘ती सबै मनोवैज्ञानिक अनुमान र अनुभव मात्रै हो ।’ उनले डिप्रेसन र कहिलेकाही औषधिहरुको अनावश्यक प्रयोगले यौनदुर्वलता घटाउन सक्ने बताए । ‘यसको उपचार सम्भव छ । आफनो चिकित्सकसंग यसको शंकोच नमानी यसबारे परार्मस लिनुपर्छ’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP