शुक्रबार , बैसाख १९, २०८२

सरकारले दसैँका बेला यात्रुको चापलाई ध्यानमा राखी देशका जुनसुकै स्थानमा बिना रुट परमिट बस चलाउन सक्ने बताएको छ । आइतबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे दसैँमा फुलपातीदेखि पूर्णिमासम्म बस चलाउन रुट परमिट खुला गरिएको जानकारी दिए ।

उनले यात्रुको चापलाई ध्यानमा राख्दै सो अवधिमा देशका जुनसुकै स्थानसम्म बिना रुट परमिट बस चलाउन दिने उल्लेख गरे । उनले भने– ‘हामीले दसैँको फूलपातीदेखि पूर्णिमासम्म रुट परमिट नभएका बस सञ्चालन गर्न खुला गरेका छौँ । यो बेला जुनसुकै बस, जहाँसम्म पनि यात्रु लिएर जान पाउने व्यवस्था गरेका छौँ ।’

उनले बसको छतमा मान्छे तथा पशुपंक्षी राख्न पनि निषेध गरेको जानकारी दिए । साथै सवारी साधनले बसको ढोकामा विभिन्न गन्तव्यसम्मको भाडादर स्पष्ट रुपमा टाँस गर्नुपर्ने व्यवस्था गरेको बताए । पश्चिम जाने बसहरु नयाँ बसपार्क, कलंकी र त्यस आसपासबाट छुट्ने, पूर्व जाने बसहरु कोटेश्वरदेखि कलंकीसम्म सडकको दायाँ बायाँ विभिन्न स्थानबाट र भक्तपुरको सल्लाघारीबाट छुट्ने व्यवस्था गरिएको जानकारी गराए ।

साथै सादा पोसाकमा प्रहरी आफैं यात्री बनेर भाडादरको अनुगमन गर्ने व्यवस्था गरिएको पनि जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १९, २०८२ शुक्रबार 28 Views

ठूलो आन्दोलनको तयारी हुँदैछ : प्रचण्ड

  बैसाख १९, २०८२ शुक्रबार 39 Views

किट कलेजमा फेरि नेपाली छात्रा मृत फेला

  बैसाख १८, २०८२ बिहिबार 56 Views

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP