मंगलबार , बैसाख २९, २०८३

अस्ट्रेलियन सरकारले मान्यता दिएका चार वटा खोप फाइजर, जोन्सन एन्ड जोन्सन, एस्ट्राजेनेका र मोड्रेर्नालाई न्युसाउथवेल्स राज्य (सीड्नी) ले प्राथमिकतामा राख्ने भएपछि यी बाहेक अन्य खोप लगाएका विद्यार्थीलाई अष्ट्रेलिया भित्रन समस्या देखिने भएको हो।

अस्ट्रेलियन सरकारले मान्यता दिएका चार वटा खोप फाइजर, जोन्सन एन्ड जोन्सन, एस्ट्राजेनेका र मोड्रेर्नालाई न्युसाउथवेल्स राज्य (सीड्नी) ले प्राथमिकतामा राख्ने भएपछि यी बाहेक अन्य खोप लगाएका विद्यार्थीलाई अष्ट्रेलिया भित्रन समस्या देखिने भएको हो।

सबैभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी आउने देश चीन र चिनियाँ खोप लगाउने नेपाली विद्यार्थीले अष्ट्रेलिया प्रवेश गर्न नपाउने भएपछि विद्यार्थीलाई अन्योल थपिएको छ।
नेपालका अधिकांश विद्यार्थीले सिनोभ्याक्स, सिनोफार्म र भेरोसेलको खोप लगाएका हुनाले भिसा लागेर बसेका करिब चार हजार नेपाली विद्यार्थी प्रत्यक्ष प्रभावित हुने भएका हुन्।

यसैबीच यहाँका शैक्षिक व्यवसायीले चिनियाँ खोप लगाएका र भिसा लागि अनलाइन पढिरहेको आफ्ना विद्यार्थीलाई अष्ट्रेलिया भित्र्याउन विश्वविद्यालयले पहल गर्नुपर्ने भन्दै दबाब दिन थालेका छन्।

खोपलाई मान्यता दिने निकाय थेराप्युटिक गुड्स एडमिनिस्ट्रेसन (टिजिए) समक्ष न्यु साउथवेल्स राज्यका प्राध्यापक बार्नी ग्लोभरले अष्ट्रेलियामा
मान्यता नपाएका अन्य खोप लगाएका नागरिकलाई कसरी भित्र्याउन सकिन्छ भनेर सरकारलाई सुझाव दिन आग्रह गरेका छन्।

बार्नीले त्यस्ता मानिसलाई कुन पद्दती र कस्ता क्वारेन्टिनकोे व्यवस्था गर्न सकिन्छ भनेर मार्ग प्रशस्त गरिदिन पनि सम्वन्धित निकायलाई अनुरोध गरेका छन्। अन्तर्राष्ट्रिय सिमाना खुला गर्ने क्रममा सरकारले खोप रणनीतिलाई पनि सहज गर्दै लानुपर्ने उनको भनाइ छ।

अष्ट्रेलियामा मान्यता प्राप्त खोपको पूर्ण मात्रा लगाएका अन्तर्राष्ट्रिय विद्यार्थीलाई पाइलट योजना अन्तगर्त ल्याउन न्युसाउथवेल्स राज्य सरकार सहमत भइसकेको छ।

१८ महिनादेखि बन्द अन्तर्राष्ट्रिय आवागमन खोल्न र विद्यार्थी भित्र्याउन स्थानीय सरकारले पहल गर्दै आए पनि केन्द्रिय सरकारको कोरोना संक्रमण रोक्ने कठोर नीतिका कारण सम्भव हुन सकेको छैन। तर अहिले आएर केन्द्रिय सरकारको नीति अनुसार विद्यार्थी ल्याउने सहमतिमासमेत खोपको कडा नियमले अप्ठ्यारो स्थिति ल्याउनसक्ने संकेत देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP