आइतबार , भाद्र १४, २०८३

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सकिएको छ । समूहगत छलफल पछि टोली नेताले केन्द्रीय कमिटी बैठकमा सुझाव प्रस्तुत गर्न थालेका छन् ।

१५–१७ असोजमा हुने विधान महाधिवेशनमा पेश गरिने राजनीतिक, संगठनात्मक र विधान संशोधन मस्यौदा माथि समूहगत छलफल भएको थियो । समूहगत छलफलमा केन्द्रीय सदस्यहरुले राखेको सुझाव समूह नेताहरुले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिरहेका हुन् ।समूहगत छलफल गर्न १० समूह बनाइएको थियो । तर १० समूहकै टोली नेता अध्यक्ष केपी शर्मा ओली निकट नेताहरु मात्रै बनेका छन् । १० बुँदे सहमति गरी एमालेमै बसेका कोही पनि समूह नेतामा चयन हुन सकेनन् ।

प्रदेशअनुसार, बनाइएको टोली नेतामा प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट दलबहादुर राना, कर्णालीबाट यमलाल कँडेल, सूदुरपश्चिमबाट कर्ण थापा, उपत्यका विशेषबाट माधव ढुंगेल, जनसंगठनबाट खिमलाल भट्टराई र विभागबाट खगराज अधिकारी छन् ।

यी सबै नेता अध्यक्ष ओली निकट हुन् । ‘यो संयोग मात्रै हो । यसै गरौं भनेर भएको होइन’, एक नेताले भने । २ भदौमा माधव नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि ५७ नेता १० बुँदे सहमति गरी एमालेमा बसेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP