शुक्रबार , बैसाख १९, २०८२

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा अवरोध गरिरहेको आरोप लगाएका छन् । उपमहासचिव पौडेलले सो विमानस्थलको दोस्रो चरणको काम तत्काल अघि बढाउन पनि सरकारसँग माग गरे । रुपन्देहीको भैरहवामा निर्मित उद्योग व्यापार संगठनको कार्यालय भवनको शनिबार उद्घाटन गर्दै उनले सो विमानस्थलको कामलाई अघि बढाउनका लागि एसियाली विकास बैङ्क (एडीबी)सँग शीघ्र सम्झौता गरेर बजेटको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई ढिलाइ नगर्न सचेत गराए ।

उपमहासचिव पौडेलले सो विमानस्थलको दोस्रो चरणको काम अविलम्ब गराउन दबाबकारी भूमिका निर्वाह गर्न पनि स्थानीयबासीलाई आह्वान गरे । उनले भने, ‘सेकेन्ड फेजको निर्माणको काम अघि बढाउनका लागि एडीबी ७ अर्ब लगानी गर्न तयार भएको बसेको छ । डिजाइनका कामहरू सम्पन्न भएका छन् । अत्याधुनिक टर्मिनल निर्माणको डिजाइनको काम सकिएको छ । यो आयोजना अगाडि बढाउनका लागि सरकारले कुनै पनि प्रकारको विलम्ब ग¥यो भने हाम्रो निम्ति मान्य हुने छैन । हामी सशक्त ढङ्गले जवाफ दिनेछौँ ।’

उपमहासचिव पौडेलले गृह जिल्ला रुपन्देहीलाई देशभरकै नमुना जिल्ला हुने गरी विकास गर्ने र त्यसका लागि आवश्यक बजेटको व्यवस्था आफू अर्थमन्त्री हुँदा गरेको दाबीसमेत गरे । उनले सिद्धार्थ राजमार्गको स्तरोन्नतिका लागि छुट्ट्याइएको बजेट सरकारले कटौती गरेको भन्दै असन्तुष्टि समेत जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १९, २०८२ शुक्रबार 29 Views

ठूलो आन्दोलनको तयारी हुँदैछ : प्रचण्ड

  बैसाख १९, २०८२ शुक्रबार 45 Views

किट कलेजमा फेरि नेपाली छात्रा मृत फेला

  बैसाख १८, २०८२ बिहिबार 56 Views

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP