
नेपाली कांग्रेसका तीन युवराज भनेर चिनिने नेताहरु शशांक कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ।
आसन्न १४औँ महाधिवेशनमा सभापतिको साझा उम्मेद्वार बनाउने बताउँदै आएका तीनबीच शुक्रबार साँझ भेटवार्ता गएको हो।
महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा भएको छलफलमा महाधिवेशनमा मिलेर अघि बढ्नेबारे छलफल भएको छ।
सभापतिको साझा उम्मेद्वार बनाउने विषयमा छलफल गर्दै आए पनि निधिले एकलौटीमा रुपमा सभापतिमा उठ्ने घोेषणा गरिसकको छन्।
तथापी मिलेर जान सकिने भन्दै उनीहरु छलफलमा जुटेका हुन्। तीनै जनाले १४औँ महाधिवेशनमा सभापतिमा दाबेदारी प्रस्तुत गरेका छन्।