मंगलबार , अषोज २७, २०८३

१५ हजार ६९० नमूना परीक्षणमा १४ सय ७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा १० हजार ५७५ नमूनाको पीसीआर र ५ हजार ११५ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर विधिबाट ११ सय ३ र एन्टिजेन विधिबाट ३७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११०८१ पुगेको हो। मन्त्रालयका अनुसार शुक्रबार थप १५ सय ५० जना कोरोनामुक्त भएका छन्।

कोरोनाका सक्रिय संक्रमितको संख्या २०२८७ पुगेको छ। मन्त्रालयका अनुसार संक्रमित ३४७ जनाको भेन्टिलेटरमा र १०५ जनाको आइसीयूमा उपचार भइरहेको छ। पछिल्लो २४ घन्टामा १७२५९० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP