मंगलबार , अषोज २७, २०८३

नेपाल–भारत सीमा खुलेसँगै प्रदेश २ मा कोरोनाको जोखिम बढ्नसक्ने आँकलन गरिएको छ।

कोरोनाको संक्रमण घटेसँगै प्रदेश २ को अस्थायी राजधानी जनकपुरसहित तराई मधेसका सीमावर्ती क्षेत्र उच्च जोखिममा पर्नसक्ने आँकलन गरिएको हो।

प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले भारतबाट बिना चेकजाँच मानिसहरु आउने क्रम बढेपछि त्यसको जोखिम बढ्ने खतरा रहेको बताए। उनले बजारमा मास्क लगाउने, स्वास्थ्य सतर्कता अपनाउनेको संख्यामा कमी आएको छ भने बजारमा भीडभाड हुने गरेको छ।

सीमानाकाहरु खुलेसँगै सहज रुपमा आवागमन हुने र यसले कोरोनाको जोखिम बढाउने उनले बताए। सीमामा प्रभावकारी रुपमा हेल्थ डेस्क राखेर मात्रै खोल्दा जोखिम कम हुनसक्ने उनको भनाइ छ।

निर्देशक झाले भने, ‘भारतबाट बिना चेकजाँच मानिसहरु आउने क्रम बढेको छ। त्यसले कोरोना महामारीको जोखिम झनै बढाएको छ। बजारमा मास्क लगाउने, स्वास्थ्य सतर्कता अपाउनेको संख्यामा कमी आएको छ भने बजारमा भीडभाड हुने गरेको छ। सीमानाकाहरु खुलेसँगै सहज रुपमा आवागमन हुने र यसले कोरोनाको जोखिम बढाउँछ। सीमामा प्रभावकारी रुपमा हेल्थ डेस्क राखेर मात्रै खोल्दा जोखिम कम हुनसक्छ।’

सरकारको असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल–भारतको अन्तर्राष्ट्रिय सीमानाका खुला गर्ने निर्णय गरेका थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP