सोमबार , भाद्र १५, २०८३

भारतमा विवाह गरेकी झापाकी नेपाली चेलीको सम्पत्ति हत्याउन आफन्तले नै टुक्राटुक्रा पारेर हत्या गरेको पाइएको छ ।

झापा गाउँपालिका–१ माइती भएकी डोली भनिने धोन्नी टुडुलाई माइत आउने क्रममा आफन्तले नै विभत्स ढङ्गले हत्या गरेको पाइएको प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले घटनामा संलग्न चारजनालाई पक्राउ गरेको छ । उनीहरुले भदौ २४ गते आफूहरुले हत्या गरेको स्वीकार गरेका छन् ।पक्राउ पर्नेहरुमा भारत किसनगञ्जका २३ वर्षीय ऐतवार सोरेन, झापा गाउँपालिका–१ का ३७ वर्षीय लखन टुडु, सोही स्थानका ५६ वर्षीय सोमाइ हेमरम र २७ वर्षीय श्री हेमरम छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले भने,“झापा गाउँपालिकाको नेपाल भारत सीमावर्ती क्षेत्रमा २४ गते टुक्राटुक्रा पारेको शव फेला पर्‍यो । जहाँ कम्मरभन्दा माथिको भाग थिएन । शंकास्पद घटना लागेपछि हामी सक्रिय भयौं । सूचना संकलन गर्दै जाँदा भारतमा एकजना महिला हराएको खबर पायौं । जहाँबाट हामीलाई अनुसन्धानमा सफलता प्राप्त भयो ।”

उनका अनुसार पक्राउ परेकाहरुले टाउको, जीउको माथिल्लो भाग, कम्मर भन्दामुनि र घुँडाभन्दा तल गरेर शव चार टुक्रा पारेको बयान समेत दिएका छन् ।

उनीहरुले कम्मरभन्दा माथिको भाग खोलामा बगाएको समेत बताएका छन् ।

एसपी भट्टराईका अनुसार हत्या गरिएकी नेपाली चेली डोली भनिने धोन्नी टुडुका श्रीमान्को १५ दिनअघिमात्रै मृत्यु भएको खुलेको छ ।

टुडुका श्रीमानले दुई विवाह गरेका थिए । धोन्नी जेठी श्रीमती हुन् । उनका सन्तान छैनन् ।

पक्राउ परेकामध्ये ऐतवार मृतक डोलीका भाञ्जा लखन मृतक महिलाको सौताको भाइ रहेको खुलेको एसपी भट्टराईले जानकारी दिए ।

सोमाइ र श्रीले घटना लुकाउन सहयोग गरेको पाइएको छ । प्रहरीले धोन्नीकी सौताको समेत खोजी गरिरहेको छ । यसबारे भारतीय प्रहरीसँग पनि समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुले धोन्नीको सम्पत्ति हत्याउन हत्या गरेको खुलेको छ । यसबाहेक उनीमाथि बोक्सीको आरोपसमेत लगाइदै आएको खुलेको छ । घटनामा संलग्न अन्य अपराधीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

(source: baahrakhari)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP