मंगलबार , असार ३, २०८२

पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्न नेपाल आइपुगेका छन् । शनिबारबाट कीर्तिपुरस्थित टीयू मैदानमा हुने ईपीएलका लागि पाकिस्तानका अलराउन्डर क्रिकेटर अफ्रिदी बिहीबार काठमाडौं आइपुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अफ्रिदीलाई ईपीएलका निर्देशक अमिर अख्तरले स्वागत गरे । साथै स्वागतका लागि उनी सम्मिलित टोली काठमाडौं किंग्स इलाभेनका पदाधिकारी पनि पुगेका थिए ।

अफ्रिदीले नेपाल र नेपालीले दिने सत्कार, सम्मान निकै राम्रो भएको भन्दै यहाँ आउँदा पाकिस्तानजस्तै आफ्नै घर लागेको बताए । नेपाल राम्रो देश भएको भन्दै उनले यहाँको भ्रमण गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए । नेपाली खेलप्रेमी र क्रिकेटलाई साथ र सहयोगका लागि आफू नेपाल आएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP