सोमबार , भाद्र १५, २०८३

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुर खण्डमा जीर्ण बनेको राजमार्ग मर्मत गर्न थालिएकाे छ । राजमार्गमा परेका खाल्डाखुल्डीमा कालोपत्र गरेर मर्मत गर्न थालिएको हो ।
यसअघि राजमार्गमा परेका खाडलमा ग्राभेल गरेर पुर्ने गरिएकोमा अहिले कालोपत्र गरेर मर्मत थालिएको हो ।

नारायणगढ–बुटवल सडक खण्ड विस्तार सुरु भएयता झन्डै दुई वर्षदेखि राजमार्ग मर्मत गरिएको थिएन । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीले मर्मत नगर्ने र सडक विभागले ठेक्का लागि सकेको सडक भनेर बेवास्ता गर्दा राजमार्ग जीर्ण बनेको थियो । अहिले राजमार्ग विस्तारको जिम्मा पाएको चिनियाँ कम्पनीले कालोपत्रसहित मर्मत सुरु गरेको नारायणगढ बुटवल सडक विस्तार आयोजनाका इन्जिनियर कृष्ण आचार्यले बताउनुभयो ।

दशैँसम्ममा नवलपुर खण्डमा जीर्ण रहेको सडक मर्मत गरिसक्ने निर्माण कम्पनीले जनाएको आचार्यले बताउनुभयो । डाइभर्सन निर्माण गरिएका क्षेत्रबाहेक नवलपुरको दाउन्नेलगायतका क्षेत्रमा कालोपत्रसहित मर्मत गर्ने सडक विस्तारको जिम्मा पाएको निर्माण कम्पनीले जनाएको इन्जिनियर आचार्यकाे भनाइ छ ।

अहिले यो खण्डमा यात्रा गर्दा निकै सास्ती खेप्नुपर्ने अवस्था छ । नवलपुरकाे गैँडाकोटदेखि दाउन्नेसम्मको झन्डै ६५ किलोमिटर र नवलपुर खण्डमा पर्ने दाउन्नेको झन्डै सात किलोमिटर राजमार्ग लामो समयसम्म मर्मत नगर्दा जीर्ण बनेको हाे ।

नारायणगढ–बुटवल सडक खण्डमा कालाेपत्र गर्न सुरु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP