सोमबार , भाद्र १५, २०८३

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का हान्ने ज्योतिनगरका गणेश पंगेनीविरुद्ध प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसूरमा अनुसन्धान सुरु गरेको छ ।

सोमबार बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरमा पहिरो अवलोकन गर्न गएका बेला मेयर सुवेदीमाथि पंगेनीले मुक्का हानेका थिए । त्यसै दिन साँझ पक्राउ परेका पंगेनीलाई प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसूरमा अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिन थुनामा राख्न अनुमति लिएको रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

पंगेनी एमालेको विद्यार्थी संगठन अनेरास्वियू रुपन्देहीको जिल्ला सदस्य हुन् ।मेयर सुवेदीले भने जिल्ला प्रहरी प्रमुखलाई फोन गरेर पंगेनीमाथि मुद्दा नचलाउन आग्रह गरेको बताएका थिए । प्रहरीले त्यस्तो कुनै आग्रह नआएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP