आइतबार , भाद्र १४, २०८३

नेपाली काँग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की भएको छ । बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा सभापति देउवा र नेता पौडेलबीच चर्काचर्की भएपछि देउवाले बीचमै बैठक छाडेका छन् ।

पौने चार बजेबाट सुरु भएको बैठककमा वरिष्ठ नेता पौडेलले तीनवटा प्रस्ताव अघि सारेका थिए । त्यसमा एनआरएन चुनाव, असोज ९ गते हुने पालिका अधिवेसन सार्नुपर्ने र पार्टीबाट मन्त्री बनाउँदा आफूखुसी किन गरेको भन्दै देउवासँग जवाफ मागेका थिए ।

पौडेलले प्रस्तावसहित जवाफ मागेपछि देउवा पनि झोक्किएका थिए । देउवा झोक्किएपछि बैठक सुरु भएको केही बेरमै उठेर हिँड्न लागेका थिए । तर केही नेताले उनलाई समाएर बस्न आग्रह गरेका थिए । त्यसपछि केही बेर बसेका देउवा पाँच दलीय गठबन्धनको बैठकमा जानुपर्ने भन्दै बैठकबाट निस्किएका थिए । देउवा निस्किएपछि पनि अरू नेताहरू बसेर महाधिवेशनसँग सम्बन्धित केही निर्णय गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP