शुक्रबार , बैसाख ५, २०८२

उवर इट्स डेलिभरीका क्रममा सिड्नीमा ज्यान गुमाएका एक व्यक्तिकी विधवाले ८ लाख ३४ हजारको क्षतिपूर्तिको माग गदै मुद्दा दर्ता गराएकी छन् ।

उनको यो मुद्दा अस्ट्रेलियन कानुनमा कोशेढुङगा साबित हुने बताइएको छ ।

इन्डोनेसियामा जन्मिएका ३६ बर्सिया डीडी फ्रेडी गत सेप्टेम्बरमा म्यारिकभिलमा उबर इट्सबाट खाना पुर्‍याउने क्रममा मारिएका थिए । उनी सँगै यसै किसिमका काममा खटिएका अन्य चार जना पनि सेप्टेम्बर यता सडक दुर्घटनामा मारिइसकेका छन् ।यातायात मजदुर सङ्गठनको तर्फबाट मुद्दा लडिरहेका वकिलले फ्रेडीकी पत्नी र उनका छोराको प्रतिनिधित्व गदै मङलबार राज्यको बिमा संस्थान आई केयर समक्ष दाबी पेस गरेका छन् ।हाल उबर र अन्य यस्तै कम्पनी मार्फत खाना पुर्‍याउने काममा खटिएका व्यक्तिलाई “स्वतन्त्र ठेकेदार” भएको भन्दै अन्य कामदार सरी सुविधा प्राप्त नहुने सरकारले बताउँदै आएको छ ।

आईकेयरमा यो मुद्दाको सुनुवाइ नभएमा कामदारहरूको क्षतिपूर्ति आयोग अर्थात् वर्कस कम्पेनसियसन कमिसनमा मुद्दा दर्ता गरिने बताइएको छ ।

यो मुद्दा उबर जस्ता “गिग” इकोनोमी भनिने अन्य व्यक्तिलाई ठेक्का दिएर बिचमा पैसा कमाउने कम्पनीहरूका हकमा गरिएको पहिलो मुद्दा बन्नेछ ।

“हाम्रो श्रम कानुनलाई कुल्चिएर राईडर र उनका परिवारलाई सडकका पुर्‍याइरहेको उबर जस्ता कम्पनीलाई झकझकाउने नवीनतम प्रयास हो । ” युनियनका राष्ट्रिय सचिव माईकल केनले भने ।

युनियनले फ्रेडीको परिवारले एकमुष्ट ८ लाख ३४ हजार र साप्ताहिक रूपमा उनको सन्तानको रेखदेखका लागि १ सय ४९ डलर प्राप्त गर्नु पर्ने माग राखेको छ ।

यसका अलावा उनको अन्त्येष्टिमा लागेको खर्च पनि बेहोर्दिनुपर्ने माग राखिएको छ ।

उबरले हाल ठेकेदारका मृत्यु भएमा वा अङगभङग भएमा उनीहरूको परिवारका लागि ४ लाख डलर बराबरको निजी बिमा गरिदिने गरेको छ जुन राज्यको कानुनमा लेखिएभन्दा आधा कम हो ।

“राईडरहरुले न्यूनतम दर,प्रशिक्षण वा उचित सुरक्षात्मक सामाग्री प्रदान गरिँदैन उनीहरू मारिए वा घाइते भए सहयोगका लागि कम्पनीमा निर्भर गर्दछ” केनले भने ।

हाल यस्ता कम्पनी र सरकारलाई डेलिभरीको काममा संलग्नहरूलाई उचित सुरक्षा सामग्री र तालिम दिनु पर्ने दबाब परिरहेको छ ।

यसैबिच खाना पुर्‍याउने काममा संलग्नहरूले आफूहरू दबाबमा रहने गरेका एस बि एस सँग बताएका छन् । उनीहरूले कामका क्रममा विभिन्न जोखिम उठाउनु पर्ने पनि बताए ।

गत महिना सेफ वर्क र न्यु साउथ वेल्सको यातायात विभागको समन्वयमा एक टास्क फोर्स खडा गरी खाना डेलिभरीका क्रममा भएका यस्ता दुर्घटना टार्न सकिने घटना भएको नभएको बारेमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP