मंगलबार , बैसाख २९, २०८३

उवर इट्स डेलिभरीका क्रममा सिड्नीमा ज्यान गुमाएका एक व्यक्तिकी विधवाले ८ लाख ३४ हजारको क्षतिपूर्तिको माग गदै मुद्दा दर्ता गराएकी छन् ।

उनको यो मुद्दा अस्ट्रेलियन कानुनमा कोशेढुङगा साबित हुने बताइएको छ ।

इन्डोनेसियामा जन्मिएका ३६ बर्सिया डीडी फ्रेडी गत सेप्टेम्बरमा म्यारिकभिलमा उबर इट्सबाट खाना पुर्‍याउने क्रममा मारिएका थिए । उनी सँगै यसै किसिमका काममा खटिएका अन्य चार जना पनि सेप्टेम्बर यता सडक दुर्घटनामा मारिइसकेका छन् ।यातायात मजदुर सङ्गठनको तर्फबाट मुद्दा लडिरहेका वकिलले फ्रेडीकी पत्नी र उनका छोराको प्रतिनिधित्व गदै मङलबार राज्यको बिमा संस्थान आई केयर समक्ष दाबी पेस गरेका छन् ।हाल उबर र अन्य यस्तै कम्पनी मार्फत खाना पुर्‍याउने काममा खटिएका व्यक्तिलाई “स्वतन्त्र ठेकेदार” भएको भन्दै अन्य कामदार सरी सुविधा प्राप्त नहुने सरकारले बताउँदै आएको छ ।

आईकेयरमा यो मुद्दाको सुनुवाइ नभएमा कामदारहरूको क्षतिपूर्ति आयोग अर्थात् वर्कस कम्पेनसियसन कमिसनमा मुद्दा दर्ता गरिने बताइएको छ ।

यो मुद्दा उबर जस्ता “गिग” इकोनोमी भनिने अन्य व्यक्तिलाई ठेक्का दिएर बिचमा पैसा कमाउने कम्पनीहरूका हकमा गरिएको पहिलो मुद्दा बन्नेछ ।

“हाम्रो श्रम कानुनलाई कुल्चिएर राईडर र उनका परिवारलाई सडकका पुर्‍याइरहेको उबर जस्ता कम्पनीलाई झकझकाउने नवीनतम प्रयास हो । ” युनियनका राष्ट्रिय सचिव माईकल केनले भने ।

युनियनले फ्रेडीको परिवारले एकमुष्ट ८ लाख ३४ हजार र साप्ताहिक रूपमा उनको सन्तानको रेखदेखका लागि १ सय ४९ डलर प्राप्त गर्नु पर्ने माग राखेको छ ।

यसका अलावा उनको अन्त्येष्टिमा लागेको खर्च पनि बेहोर्दिनुपर्ने माग राखिएको छ ।

उबरले हाल ठेकेदारका मृत्यु भएमा वा अङगभङग भएमा उनीहरूको परिवारका लागि ४ लाख डलर बराबरको निजी बिमा गरिदिने गरेको छ जुन राज्यको कानुनमा लेखिएभन्दा आधा कम हो ।

“राईडरहरुले न्यूनतम दर,प्रशिक्षण वा उचित सुरक्षात्मक सामाग्री प्रदान गरिँदैन उनीहरू मारिए वा घाइते भए सहयोगका लागि कम्पनीमा निर्भर गर्दछ” केनले भने ।

हाल यस्ता कम्पनी र सरकारलाई डेलिभरीको काममा संलग्नहरूलाई उचित सुरक्षा सामग्री र तालिम दिनु पर्ने दबाब परिरहेको छ ।

यसैबिच खाना पुर्‍याउने काममा संलग्नहरूले आफूहरू दबाबमा रहने गरेका एस बि एस सँग बताएका छन् । उनीहरूले कामका क्रममा विभिन्न जोखिम उठाउनु पर्ने पनि बताए ।

गत महिना सेफ वर्क र न्यु साउथ वेल्सको यातायात विभागको समन्वयमा एक टास्क फोर्स खडा गरी खाना डेलिभरीका क्रममा भएका यस्ता दुर्घटना टार्न सकिने घटना भएको नभएको बारेमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP