मंगलबार , बैसाख २९, २०८३

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । बुधबार पार्टी कार्यालयमा बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् ।

बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले बैठकमा अध्यक्षले गरेको ब्रिफिङका क्रममा अध्यादेशका कारण ढिला भए पनि अव ढिला नहुने जानकारी गराएको बताए । ‘अध्यक्षले समसामयिक विषयमा रिपोर्टिङ गर्नुभयो, त्यस क्रममा सरकार विस्तारको विषय अध्यादेशले ढिलो भयो, अव यसलाई टुङ्ग्याएर आज वा भोलिभित्र मन्त्रिपरिषद् विस्तार हुन्छ’, प्रचण्डको भनाई उद्धृत गर्दै महराले भने, ‘दल विभाजनसम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाउन प्रतिस्थापन विधेयक ल्याउन सकिन्छ ।’ त्यस्तै बैठकले माओवादीको प्रवास समितिले बनाएको निर्देशिकालाई समेत अनुमोदन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP