शुक्रबार , भाद्र १२, २०८३

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किङ्सविरुद्ध रोमान्चक जित हात पारेको छ। दुबईमा मंगलबार राति सम्पन्न खेलमा राजस्थानले पन्जाबलाई २ रनले हराएको हो।

राजस्थानले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८३ रन मात्र बनाउन सक्यो।

अन्तिम ओभरमा पन्जाबलाई जितका लागि ४ रन आवश्यक थियो । तर, राजस्थानका बलर कार्तिक त्यागीले अन्तिम ओभरमा १ रन खर्चिएर २ विकेट लिएपछि पन्जाब पराजित बन्यो।

पन्जाबका लागि मायांक अग्रवालले ६७ रनको अर्धशतकीय पारी खेले भने केएल राहुलले ४९ रन बनाए। यस्तै निकोलस पुरनले ३२ रन जोड्दा एडिन मार्क्रमले अविजित २६ रन बनाए।

राजस्थानका कार्तिकले २ तथा चेतन साकरिया र राहुल टेवाटियाले एक/एक विकेट लिएका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा अलआउट हुँदै १ सय ८५ रन बनाएको थियो। राजस्थानका याशभी जैसवालले ४९ जोड्दा महिपाल लोम्रोरले ४३ रन बनाएका थिए।

यस्तै इभिन लेविसले ३६ रन जोड्दा लियाम लिभिङस्टोनले २५ रनमा आउट भएका थिए।पन्जाबका अर्शदीप सिंहले ५ विकेट लिएका थिए। मोहमद सामीले ३ विकेट लिए।

जितसँगै ८ खेलबाट ८ अंक जोडेको राजस्थान पाँचौं स्थानमा रहेको छ भने सातौं स्थानको पन्जाबले ९ खेलबाट ६ अंकमात्र जोडेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP