मंगलबार , अषोज २७, २०८३

सिड्नी/अष्ट्रेलियामा अध्ययनरत घरेलु तथा अन्तराष्ट्रिय विद्यार्थीलाई सहायता गर्न एससिसिएम फाउण्डेसन गठन भएको छ । कोरानाका कारण फि तिर्न नसकेका, मानसिक समस्यामा रहेका तथा घरेलु हिंसामा परेका विद्यार्थीहरुलाई सहायता गर्न च्यारिटी गठन गरिएको फाउण्डेसनकी निर्देशक रञ्जु थापाले बताउनुभयो । सिड्नी सिटी कलेज अफ म्यानेजमेन्टको समेत निर्देशक रहनु भएकी थापाले विद्यार्थीहरुलाई व्यवस्थित र दिगो रुपमा सहयोग गर्नका लागि छुट्टै संस्था आवश्यक परेकाले फाउण्डेसन गठन गरिएको बताउनुभयो । थापाका अनुसार कलेजले आफ्ना विद्यार्थीलाई निरन्तर सहयोग गर्दै आइरहेको छ । अब भने कलेजभन्दा बाहिरका विद्यार्थीहरुलाई पनि सहयोग गर्न च्यारिटी नै गठन गर्नुपरेको थापाको भनाई छ । एससिसिएम कलेजले कोरानाको समयमा मात्रै ७० हजार डलरभन्दा बढी रकम विद्यार्थीलाई सहयोग गरिसकेको समेत थापाले जानकारी गराउनुभयो । नाम एउटै जस्तो भएपनि फाउण्डेसन कलेजको व्यवस्थापनबाट विलकुलै फरक रहने तर, कलेजले फाउण्डेसनका लागि आर्थिक सहयोग भने जुटाउने छ ।

अष्ट्रेलियामा खासगरी अन्तराष्ट्रिय विद्यार्थीहरुले यहाको जीवनशैलीमा हिमचिम नहुदा धेरै समस्या भोग्ने गरेका छन् । कुलतमा लाग्ने, घरेलुहिंसामा पर्ने, जागिर गुमाउने तथा अध्ययन पुरा गर्न नसक्ने जस्ता समस्या बढ्दो छ । त्यस्तै समस्यामा परेका विद्यार्थीलाई सहयोग गर्ने एससिसिएम फाउण्डेसनको उदेश्य रहेको बताइएको छ । फाउण्डेसनमा कलेजबाट तथा वाह्य स्रोतहरुबाट सहयोग संकलन गरेर आर्थिक स्रोत जुटाइने बताइएको छ । फाउण्डेसनमा जो कसैले पनि सहयोग गर्न सक्ने थापाको भनाई छ । फाउण्डेसनमा रञ्जु सहित नरेश थापा र राजिव वाग्ले समेत निर्देशक हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP