मंगलबार , बैसाख २९, २०८३

वि.सं.२०७८ साल असोज ०६ गते । बुधबार । ईश्वी सन् २०२१ सेप्टेम्बर २२ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि– द्घितीया, अहोरात्र । नक्षत्र–रेवती, अहोरात्र । योग– वृद्धि, दिउसो ०३ बजेर १० मिनेट उप्रान्त ध्रुव । करण– तैतिल, बेलुकी ०५ बजेर ३४ मिनेट उप्रान्त गर । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५८ मिनेट । दिनमान ३० घडी १६ पला । पञ्चक,द्वितीयाश्राद्ध ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा सुधार भएर जानेछ भने प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ । विद्यामा सोचे अनुरूप नै प्रगति हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) साथीभाइ तथा परिवारकै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ख्याल दिनुहोला खुट्टा तान्नेहरू सक्रिय रहनेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेको छ । नोकरीमा बढुवा हुने तथा अनुकूल स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । मन परेको मानिसबाट भौतिक सम्पत्ति तथा उपहार प्राप्त हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रतिस्पर्धीहरू हाबी हुनेछन् । अध्ययनमा मन नजाँदा अरूभन्दा पछि परिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेको छ । ऋण लाग्ने तथा सापटी मागेर दैनिकी गुजार गर्नुपर्ने अवस्था आउनसक्छ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) माया प्रेमका कोपिला फक्रनेछ भने छोरा छोरीको काम देखि प्रसन्न हुने समय रहेको छ । शेयर बजारमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रयत्न गर्दा महत्त्वपूर्ण कामहरू सम्पादन हुनेछन् । आम्दानी बढ्ने हुँदा लगानी गर्ने अवसर जुर्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्वास्थ्य सम्बन्धी सामान्य समस्याले नसताउला भन्न सकिन्न । विद्यामा उत्साहजनक प्रगति नहुँदा मन चिन्तित रहला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमूलक कामहरू समयमा नै सम्पन्न हुनेछन् । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिने हुनाले एक अर्कालाई विश्वास गर्दै जान सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आर्थिक रूपमा सम्पन्न हुने चालिएका कदमहरूबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्ने वातावरण बन्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP